मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • टिकटकमा भिडियो हाल्ने नर्सको जागिर गयो !

टिकटकमा भिडियो हाल्ने नर्सको जागिर गयो !

  • बिहिबार, मंसिर २५, २०७७
टिकटकमा भिडियो हाल्ने नर्सको जागिर गयो !

सामाजिक सञ्जाल टिकटकमा भिडियो पोष्ट गर्ने एक नर्सले जागिरबाट हात धुनुपरेको छ। कोभिड–१९ को प्रतिबन्धका नियम तोडेको गर्व गर्दै अमेरिकाको ओरेगनकी नर्सले भिडिओ हालेकी थिइन।

सालेम हेल्थ नामक अस्पतालमा कार्यरत उनले भिडियोमा एस्ली ग्रेम्सले स्क्रब्स र स्तेथोस्कोप लगाएर देखिएकी छिन्। उनले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘जब मेरा सहकर्मीले थाहा पाउँछन् कि म अझै यात्रा गर्छु, बाहिर निस्कदा मास्क लगाउँदिन र मेरा छोराछोरीलाई प्लेडेटमा जान दिन्छु ।’

भिडियो भाइरल बनेपछि तत्कालै अस्पतालले सो भिडियो महामारीको गम्भीरतालाई अवमूल्यन गरेको बताएको थियो। फेसबुक पोष्टमा ग्रेम्सले आफूलाई अस्पतालले ननिकालेको दाबी गर्दै अब आफ्नो जीवनको अघिल्लो अध्यायमा केन्द्रीत हुने बताएकी छन्। -सीएनएन

चर्चामा

सम्बन्धित समाचार