शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • विचित्र संसार
  • टिकटक भिडियोका लागि छोरीको निधारमा अण्डा फुटाउने आमामाथि मुद्दा

टिकटक भिडियोका लागि छोरीको निधारमा अण्डा फुटाउने आमामाथि मुद्दा

  • आइतवार, जेष्ठ ५, २०८२
टिकटक भिडियोका लागि छोरीको निधारमा अण्डा फुटाउने आमामाथि मुद्दा

सन् २०२३ मा एउटा विवादास्पद ट्रेण्ड टिकटकमा भाइरल भयो । संसारभरिका अभिभावकहरूले आफ्ना साना बालबालिकालाई झुक्याएर उनीहरूको निधारमा अन्डा फुटाउँदै भिडियोहरू बनाउन थाले । धेरैले यसलाई हानिरहित रमाइलोको रूपमा हेरे । तथापि मजाक गरिरहेका त्यस्ता भिडियोमा देखिएका बच्चाहरुले आफ्नो निधारमा झुक्याएर अण्डा फुटाइएको घटनाबाट खासै खुसी भएको पाइएन ।
No description available.

यसैबीच हालै स्वीडेनमा त्यहीँ टिकटक ट्रेण्डमा भाग लिएकी एक महिला अदालतबाट दोषी ठहर भएकी छिन् । आफ्नी अवोध छोरीको निधारमा अन्डा फोरेर दर्शकहरूलाई मनोरञ्जन दिने प्रयास गरेकी ती महिलामाथि दुर्व्यवहार अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।

सो अभियोगका सन्दर्भमा आफ्नो बचाउ गर्दै २४ वर्षीया ती महिलाले आफूले त्यो केवल मजाकको रूपमा गरेको, त्यसबेला टिकटकमा सबैले त्यही गरिरहेकाले आफूले पनि सिको गरेको अदालतमा जवाफ दिएपनि उनको स्पष्टीकरणले न्यायाधीशलाई प्रभावित गर्न सकेन ।

समाचार अनुसार ती महिलाले आफ्नी छोरीलाई एप्पल केक सँगै बनाउने र त्यसरी केक बनाएको कुरा टिकटक भिडियोका लागि खिच्ने भनेर बताइन् । त्यसपछि भिडियो खिच्न सुरु भयो र केहीबेरपछि उनले अकस्मात हातमा अण्डा उठाएर त्यसलाई छोरीको निधारमा ठोकिन् र फुटाइन् । अण्डा फुटेर त्यसको पहेँलो भाग अबोध बालिकाको अनुहार हुँदै बग्यो । आफूमाथि अण्डा प्रहार भएपछि छक्क परेकी छोरीले हाँसिरहेकी आमासँग आफूलाई दुखेको बताइन् र त्यस्तो काम रोक्न अनुरोध गरिन् ।
त्यस भिडियोले टिकटकमा करिब १ लाखजति भ्यूज पायो । तर एक दर्शकले प्रहरीलाई त्यसबारेमा जानकारी दिएपछि ती आमाविरुद्ध आफ्नै छोरीमाथि दुर्व्यवहार गरेको अभियोगमा मुद्दा चल्यो ।

“जब मैले त्यो भिडियो देखें, मैले सोचेँः यस्तो कुरा त तपाईंले बच्चासँग गर्नै हुँदैन। बच्चालाई रेकर्ड गरेर अपमान गर्नु अनि त्यो हजारौँ दर्शकहरूसामु सार्वजनिक गर्नु अत्यन्त अपमानजनक तथा लापरवाहीपूर्ण कार्य हो’ अभियोजक सेसिलिया एन्डरसनले बताएकी छिन् ।

ती महिलाले चाहिँ आफूले केवल टिकटकमा चलेको एउटा हानिरहित मजाक दोहोर्याएको भन्दै आफ्नो बचाउ गरिन्, तर यो कुरा न्यायाधीशलाई मन परेन ।

गएको महिना, हेलसिङबर्ग जिल्ला अदालतले ती महिलालाई आफ्नी छोरीमाथि दुर्व्यहार गरेको ठहर गर्यो र छोरीलाई तिर्नुपर्ने गरी उनलाई २० हजार स्विडिस क्रोनर (करीब २,०७० अमेरिकी डलर) जरिवाना सुनायो ।

चर्चामा

सम्बन्धित समाचार