शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • यस्तो छ आजको मौसमको पूर्वानुमान

यस्तो छ आजको मौसमको पूर्वानुमान

  • बिहिबार, मंसिर १८, २०७७
यस्तो छ आजको मौसमको पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

अहिले देशभरको मौसमको अवस्था हेर्दा गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यसैगरी, दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। भने, प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, राति लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, राति देशका बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार