बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

  • बुधबार, मंसिर १०, २०७७
बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले रातोपाटीलाई बताए ।

बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार