शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • अब २४ घण्टामा आफैं हराउनेछन् ट्वीट

अब २४ घण्टामा आफैं हराउनेछन् ट्वीट

  • बिहिबार, मंसिर ४, २०७७
अब २४ घण्टामा आफैं हराउनेछन् ट्वीट

माइक्रोब्लगिङ साइट ट्वीटरले केवल २८० अक्षरयुक्त सादा तथा कडा रवैयायुक्त प्लाटफर्मको आफ्नो स्थापित परिचय बदल्ने तयारी गरेको छ ।

यसअन्तर्गत ट्वीटरले विभिन्न नयाँ फिचरहरु घोषणा गरेको छ । मंगलबार ट्वीटरले गरेको घोषणाअनुसार अब ट्वीटरमा यस्तो फिचर उपलब्ध हुनेछ जसमा प्रयोगकर्ताका ट्वीटहरु २४ घण्टापछि आफैं मेटिने छन् ।

डिसएपियरिङ ट्वीट्स फिचरसँगै ट्वीटरले अडियो ट्वीटको फिचर पनि घोषणा गरेको छ । फेसबुकको स्टोरी फिचर जस्तै २४ घण्टामा ट्वीट आफैं हराउने ट्वीटरको उक्त फिचरको नाम ‘फ्लीट्स’ हो । यस्तो स्टोरिज फिचर सबैभन्दा पहिले सन् २०१३ मा स्नापच्याटले सुरु गरेर निकै लोकप्रिय बनेको थियो । त्यसपछि फेसबुक, इन्स्टाग्राम र युट्युब समेतले यो फिचर सुरु गरे ।

२४ घण्टामा आफैं मेटिने ट्वीट अर्थात् फ्लीट्स अन्य सामान्य ट्वीटभन्दा केही अर्थमा भिन्न रहेको छ । किनकी फ्लीट्समा अरुले लाइक गर्न, रिप्लाइ गर्न वा रिट्वीट गर्न सक्दैनन् । यस्ता अस्थायी ट्वीटमा प्रयोगकर्ताले रिएक्ट गर्न वा डाइरेक्ट मेसेजद्वारा प्रतिक्रिया जनाउन सक्दछन् । यो भनेको इन्स्टाग्राम तथा स्नापच्याट जस्तै हो ।

स्मरण रहोस् यो वर्षको सुरुमै ट्वीटरले पहिलोपटक ब्राजिलमा फ्लीट्स फिचरको परीक्षण सुरु गरेको थियो ।

ट्वीटर फिडको सबैभन्दा माथिल्लो भागमा यस्ता अस्थायी ट्वीट अर्थात् फ्लीट्स देखा पर्दछन् ।

ट्वीटरमा व्यक्त भएका विचार वा गरिएका ट्वीटहरु सम्पादन गर्न पनि नसकिने र एकखालको स्थायी अभिव्यक्तिको रुपमै रहने भएको हुँदा धेरै ट्वीटर प्रयोगकर्ताले मन लागेको कुरा ट्वीट गर्न हिच्किचाउँछन् । प्रयोगकर्तालाई सजिलो अनुभव गराउन र आफ्नो अभिव्यक्ति तथा घटना प्रस्तुत गर्नका लागि दबाब कम गर्न २४ घण्टामा आफैं डिलिट हुने ट्वीटको फिचर ल्याइएको ट्वीटरले आफ्नो ब्लगपोष्टमा जनाएको छ ।

ब्लग पोष्टमा उल्लेख गरिएअनुसार यो वर्षको अन्त्यसम्ममा ट्वीटरले आम प्रयोगकर्ताका लागि आवाजमा ट्वीट गर्न सकिने भ्वाइस ट्वीट फिचर, डाइरेक्ट मेसेजमा समेत आवाज पठाउन सकिने फिचर र अडियो स्पेस नामक नयाँ फिचर पनि ल्याउँदैछ ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार