बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • २ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ

२ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ

  • बिहिबार, मंसिर ४, २०७७
२ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ

२ लाख ६८ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । वुधवार बिहान ३ बजे प्रहरीले दाङको घोराही उप–महागनरपालिका–१६ मुनाटोलका पूर्णराज भण्डारी उर्फ गोपालको घरमा छापा मारेर नगदसहित जुवा खेल्नेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा घोराही–१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारीउर्फ शिवराज र २८ वर्षीय विवेक भण्डारी छन् । त्यस्तै, घोराही १७ का ३४ बर्षीय किशोर बुढा मगर र २७ बर्षीय अजय भुसाल पनि जुवाको खालबाट पक्राउ परेका छन् ।

भण्डारीको घरमा जुवा खेलिरहेको सुराकको आधारमा प्रहरीले छापा मारेको थियो । जुवा खेल्नेहरुको साथबाट ६ गड्डी तास बरामद गरिएको छ । पक्राउ गरिएकालाई प्रहरीले जुवा ऐनमा मुद्दा चलाएको छ ।

चर्चामा

सम्बन्धित समाचार