शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • विचार/ब्लग
  • क्रान्ति बाहक शक्ती बिना क्रान्ति हुँदैन

क्रान्ति बाहक शक्ती बिना क्रान्ति हुँदैन

  • मङ्लबार, अशोज २७, २०७७
क्रान्ति बाहक शक्ती बिना क्रान्ति हुँदैन

क्रान्तिको प्रेरक शक्ति श्रमजिवि बर्गनै हो भन्ने बिषयमा रुसमा भयको त्यो महान अक्टुवर क्रान्तिले पनि प्रष्ट पारेकोछ।रुसमा मज्दुर बर्ग र उनिहरुको सहयोगिहरुले महान अक्टुबर क्रान्ति सम्पन्न गरेर सन१९१७मा दुनियाँ भरीलाई देखाए।
वास्तबमा यो अक्टुबरको महिना सुरुवात हुँदा त्यो दिनको संसार भरीका मज्दुर जो मुक्तिको मार्गमा अबिचलित हिँडेकाछन लाई संझना आएकै हुँन्छ। संसार भरीका मज्दुर र गरिखाने बर्गको हितमा अथक र ऐतिहाशक बर्गिय आन्दोलनले जारको किल्ला उखालेर फालेको थियो जस्लाई दुनिया भरीका पुँजिवादी र तानाशाहहरुले चाहेर पनि यो दिनलाई बिर्शन सक्दैनन।जो उनिहरुको स्वर्ग स्थान कमेरा बर्गले खोसेको दिन हो।
रुसको समाजवादी क्रान्तिले पार्टीको शहि नीति भयपछि क्रान्ति सम्पन्न हुँन बेरलाग्दैन भन्ने बारे पनि प्रष्ट पारेकोछ।
का.लेनिनको मज्दुर श्रमजीवि बर्ग सँग अघात बिष्वाश थियो र स्वायम फिल्ड कार्यामा आफै सामिल भएका कारण रुसि कम्युनिष्ट पार्टीले जारको किल्ला मात्र ढालेन उनिहरुको दलालि गरेर सत्तामा पुग्न खोज्ने केरिन्सि हरुको समेत तख्ता लाई पल्टाएर देखाएका थिए।साथै बोल्शेबिकहरुले फरवरीको त्यो क्रान्ति बाट सबक सिकेरनैअक्टुवर क्रान्ति सम्पन्न पार्न सफल भएको ईतिहाश भेट्टिन्छ।त्यँहाको समाजवादी क्रान्तिले संसार भरीका गरिखाने श्रमजिविहरुलाई मुक्तिको लागि ठुलो प्रेणा मिल्यो।
हाम्रो देशमा अहिले सात दशक भन्दा बढि लामू कम्युनिष्ट पार्टीको ईतिहाशछ तर पनि क्रान्ति सम्पन्न हुँन नसक्नु,स्वायम नेतृत्व भित्रनै अवहरबादले घर जमाएको भयरनै हो।
नेपालको कम्युनिष्ट आन्दोलनमा पटक पटक क्रान्तिकिरी अभ्यास नभयको पनि होईन।बेला बखतमा आएका क्रान्तिकिरी अभ्यासहरु पनि स्वायम नेतृत्वमा भएको अवहरवादकै कारण पतन भएको देखिन्छ।देशभित्रको कम्युनिष्ट आन्दोलन धेरैजसो अति रञ्जित र उग्र नाराहरुको आबरण भित्र संसोधन वादी र नब सुधारवादी नियति लुकेकै कारण आन्दोलन गनतब्यहिन बन्दै आएकोछ।
अहिले देशमा सबै जसो कम्मुनिष्टका झण्डा उठाएकाहरु कम्युनिष्ट बाट लोप भयका वा पुँजिवादी रङ्ग मञ्चमा पौडिन खोज्ने दक्षिण पन्थिहरुनै हुँन।नेपालको कम्युनिष्ट आन्दोलनमा भयको गुट फुट जुट हरु पनि धेरै जसो यस्तै क्यारिरिष्ट प्रकारका निजि स्वार्थ पुर्तिका लागि भए।
आफुलाई फुट्टने मनलागेपछि वे-बज्यको खिचलो उत्पन्न गरेर त्यसैलाई लेनिनवादले देखाएको बाटो भन्छन।आम जनतालाई लेनिनवादले देखाएको बाटो कस्तो हो!त्यो रहश्य बनेको हुँन्छ।लेनिनवादको बाटो “बर्गशंघर्ष” हो भन्ने कुरा नबुझेका अन्दोलमा पर्नु स्वाभाबिकनै हो।त्यसैको फाईदा उठाएर अवसरबादले जनताको माझमा आफ्नो क्यारिरिष्ट स्वार्थ पुरागरेका हुन्छन।
कोही बिना कारण भुकेका छन,कोई बिना कारण जनता बाट लुकेकाछन र कसैले मौका ढुकेका छन।साँचै भन्नु पर्दा उनिहरुको यो ब्यबहारले जनता सदैभरी चुकेका छन।यहि अबस्था रह्यो भने देशका जनताहरु जो अहिलेपनि६२-६३% कम्युनिष्टमा आस्था राख्छन उनैले कम्युनिष्टको नाम देख्न सुन्नपनि घृणा गर्नेछन।हामिले भविस्याको लागि शंघर्ष गर्दा अवसरबादहरुले बितेका दिनका बिषय बस्तुलाई लिएर एकले आर्कामा हिलो छ्याप्छन।त्यहि बिषयलाई लिएर आपसमा मतभेदहरु हुँन्छ र पार्टी संगठनमा फुट हुँन्छ।
जुन फुटले कसैको पनि भलो हुँदैन र अहिले सम्म फुट बाट कसैको भलो भयको नेपाली ईतिहाश मा पनि छैन।
बरु क्रान्ति बिरोधीहरु को फाईदा भयको हुन्छ।क्रान्तिकिरी शक्ति फुट्नु भनेको भाबी क्रान्तिकिरी आन्दोलनलाई कम्जोर बनाउँनुनै हो।नेपालको कम्युनिष्ट आन्दोलनमा धेरै जसो फुटहरु यस्तै कारणबाट भयकाछन।जस्ले क्रान्तिकारी आन्दोलनलाई नकारत्मक असर पारेर आज क्रान्तिकारी बिउ जोगाउँन ठुलो संकट भयकोछ।
केसर जङ राएमाझी देखि डा.बाबुराम भट्टराई सम्मको पाला सम्म त्यहि कुन बाटो जाने भन्ने बारेको खिचलो छ।कम्युनिष्ट आन्दोलनको प्रतिक्षाण पाएका सात दशक लामू ईतिहाश सम्म अहिलेपनि त्यो कम्युनिष्ट क्रान्तिकिरी कस्तो हुँनुपर्छ भन्ने बारेमा अँझै छिनो फानो हुँन सकेकोछैन।अनि कसरी क्रान्तिको बेगुल बच्छ?यो सोचनिय बिषय हो।अहिलेको कम्युनिष्ट पार्टीका नेताहरुले रुसको त्यो महान र ऐतिहाशिक अक्टुबर क्रान्ति सँग सबक सिकेर मात्र अगाडी बढ्नु पर्छ।स-साना बिषयमा फुटेर न देशको भलोछ न जनताको नाहि कम्युनिष्ट आन्दोलनको हितमा हुनेछ।बरु अक्टुवर क्रान्ति बाट शिक्षालिएर बर्ग शंघर्ष मा जोड दिनु सबैको हित हुँन सक्छ।

चर्चामा

सम्बन्धित समाचार