शनिबार, बैशाख २२, २०८१

बुजुर्वा डिग्री

  • आइतवार, साउन ११, २०७७
बुजुर्वा डिग्री
   सुरेशकुमार पान्डे

नमस्कार-माष्टर साहेब!नमस्ते माष्टरले मणि लाई फर्काउँदै हजूर को? म चिनिन त, अनि केही काम थियो?माष्टरले सोध्छन।म यहि नजिकै गाउँमा बस्थे तर सानै देखि लाहुरे भयकोले धेरै ले चिन्दैनन।

मणिले आफ्नो परिचय दिँदै भन्छ।ए ए बस्नुस!मणिलाई बस्न चियर तिर इसारा गर्छन।मैले यहि स्कुलबाट कखरा सिकेको पुरानो रिकाट छकी भनेर सोध्न आएको हुँ!मणिले कुर्चिमा बस्दै भन्छ।अँह छैन हजूर कुनै रिकार्ड !माओवादी जन युद्ध ताक सबै पोलेछन त्यस पछिको मात्र छ हामि सँग अरु त केहिपनि छैन।भन्दै अध्यापक निराश हुँन्छन।अनि हजूरलाई रिकार्ड किन चाहियो अचानक? म छिमेकी देशमा जागिरे हुँ अब रिटायर्ड हुँने बेला भयो तर मसँग आफु जन्मेको कुनै प्रमाण छैन भोली आबस्याकता पर्ला भनेर मैले पढेको सर्टी पिकट भय सजिलो हुँन्थो भन्दै उन्ले पुरानो समरण गर्छन।

“हामी भनेको आमुल परिवर्तन गर्ने कर्णधार हौँ!त्यसैले पनि हामिलाई यो बर्तमान ब्यबस्था अन्तरगर्तको डिग्रि को कुनै आबस्याकता पर्दैन!दिनेशले एउटा खचाखच कार्याक्रता ले भरिएको हाउसलाई सोम्वोधन गर्दै भनेका थिए।त्यो सुनेर म लगायत धेरै साथिहरु प्रभावित भयका थियौँ त्यो हौलनै गुञ्जिने गरी तररर तालि बज्यो।हुँनपनि ठिकै ता होनी!आमूल परिवर्तन गर्न कमर कसेका लाई त्यो बुजुर्वा डिग्रीनै किन चाहियो भन्ने ठानेर कयौँ साथिहरु सँग मैलेपनि त्यो च्यातेर फ्याँके।मलाई पनि लाग्यो आखिर हामिले त सम्पूर्ण बुजुर्वाको संम्रचना भत्काएर आमूल परिवर्तन गर्ने आँट राखेका हामी युवाहरु ले साँचै भन्दा त्यो डिग्रि कसैले आ-आफ्ना सार्टिपिकट पोलेका थियौँ!मणिले लामू स्वास फेर्दै आखिर ..! भन्नुस आखिरमा के भयो त?अध्यापकले उनको कथा सुन्न चाहान्छन।

दिनेश एउटा प्रतिक्षक थिए त्यो बेलापनि उनि आफुलाई कम्युनिष्ट भनेर चिनाउँथे!मणिले अगाडि भन्न सुरु गर्छ-दिनेशका कयौँ त्यागका कथाहरु कयौँ ब्याक्तिहरु बाट सुनिन्थ्यो।अखबार हरुमा उन्का लेख रचना आएभनी हामि त्यस्लाई कयौँपटक दोराउँदै अध्यायन गर्थ्यौँ।त्यो बेला देशभित्र पञ्चायती तानासाही ब्यबस्था भएकोले त्यो ब्यबस्थाको बिरुद्ध युवाहरुमा तिर्ब आक्रोश थियो।निरंकुश पञ्चायती तानासाही ब्यबस्थाको बिरोधी नाराहरुले त्यो बेला ब्यापक जन समर्थन पाउँथे।क्रान्तिकारी आवाजको त्यो बेला ठुलो र ऐतिहाशिक महत्व थियो।त्यो बाटोमा हिँडेका नेताहरुको पनि उच्च सम्मान हुँन्थ्यो।र कार्याक्रता उन्को सहयोगका लागि सदै तैयार हुँन्थे।

समय बित्दै गयो अनुसाशनमा बसेका साथिहरु निरन्तर सामाजिक राजनीतिक काम मा लागि रहे,उनिहरुको योग्यता हुँदा हुदैपनि आफ्नो नीजिकाम नगरेर निरन्तर संगठनको काममै खटिरहे।कयौँ पार्टाईमपर पढाई गर्न थालेकाहरुले पनि त्यो बुजुर्वा डिग्रिको खाँचो नप्रने भयपछि त्यो पाठ्या पुष्तक पढाई गर्न छाडेर फैँके,भौतिक शास्तर क्रान्तिकारीहरु का रचना लेखहरु र दार्शनिक महापुरुष हरको जिवनी अध्यायन गर्न थाल्यौँ। हामिलाई त्यो बेला लाग्थ्यो अब छिट्टै देशभित्र नौलो जनवादी क्रान्ति सुरुहुँन्छ।परदेशमा संगठित साथिहरुमा लोह अनुसाशन हुँन्थ्यो।देशभित्र राजतन्त्र बिरुद्धको सयुँक्त जन आन्दोलन ले गति लिन थालेको थियो प्रवास बाट म लगायत म जस्तै धेरै साथिहरू हजारौँको संख्यामा देशभित्र शयुँक्त जन आन्दोलनको समर्थनमा फर्र्क्यौँ।

काठमाण्डौमा जुन दिन कयौँ साथिहरुलाई बन्दुकले ढाल्यो त्यो दिन हामि प्रवासीहरु त्यहि आन्दोलनको बिचमा थियौँ।बहुदलको घोषणा पछि आ-आफ्नो गाउँमा फर्केका साथिहरुले त्यँहा कार्याक्रम हरु गरे मैले थुप्रै हाथिहरु सँग मिलेर गाउँ पञ्चायतको भवनमा कम्युनिष्टको झण्डा गाडेको थिएँ।मणिले पुरानो बितेका दिनलाई सम्रण गर्दै अगाडि भन्छ। बहुदलिय ब्यबस्थाको घोषणा भयपनि प्रतिगमनको ठुलो खतरा जिवितनै थियो।हो हामिले जनता सँग त्यो बेलाका शयुँक्त आन्दोलनका नेताहरुले धोखादिएको कुरा भन्दै आयौँ।देशमा बहुदल होईन कालो बौदल आएको पनि भनेका थ्यौ।हामिले कहिलेइपनि त्यो बुजुर्वा डिग्री लाई हात लगाउँने प्रयात्न गरेनौँ तर पछि त्यही दिनेशहरुले त्यो बुजुर्वा डिग्रि कयौँ रुपिया खर्च गरेर हात पारे अनि उनिहरु सान्सद मन्त्रि पनि बने।

त्यो बेला आफुलाई कटर क्रान्तिकारी भन्नेहरुले गरिब मज्दुरहरु जनता लाई बिभिन्न क्रान्तिकारी अतिरञ्जित नाराहरु लगाएर उनि सिखरमा चडेका हुँन। भन्दै आफ्नो कथाको बिट मार्छ।त्यो कथा भन्दा उस्का आँखामा ज्वाला बलेको जस्तो चमक थियो।अनुहार रातोभयको थियो।उस्को कथा सुन्न आएका कयौँ दर्जन बिध्यार्थिहरुले आफुलाई घेरेको देख्छ।उनिहरु चुपचाप लागेर मणिको बिगत नियाल्दै थिए।तर कथा सुनाउँदा बिध्यार्थिले घेरेको मणिले भने पत्तइ पाएन। एउटा अधेड उमेरका ब्याक्तिले एकलोटा पानी लिएर उभिएको देख्छ।

मणिले पानी छोप्नु अघि उस्लाई खुट्टा बाट टाउका सम्म नियाल्छ।उस्लाई मणिले चिनेको जस्तै लाग्यो त्यो माष्टर उहिले मणि सँगै पढाईको सटिपिकट च्यातनेहरु मध्य को थिये तर अहिले उनिपनि थाई मास्टर भयछन।मणिले पानी पिएर लोटा उनैको हातमा थमाउँदै बिदाको संकेत हात हिलाउँछ र उनिहरुलेपनि उत्तरमा हात हिलाउँछन।बिध्यार्थीहरुले साहेद केहि मणिको कथा बाट ज्ञान लिएको हुँन सक्छ।

चर्चामा

सम्बन्धित समाचार