शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • भाँती पुर्‍याएर पानी पिए धेरै राेगबाट बच्न सकिन्छ

भाँती पुर्‍याएर पानी पिए धेरै राेगबाट बच्न सकिन्छ

  • आइतवार, असार १४, २०७७
भाँती पुर्‍याएर पानी पिए धेरै राेगबाट बच्न सकिन्छ

बोतल, आम्खोरा आदिबाट पानी घट्घट् गरी पिउँदा त्यो सीधा आमाशयमा पुग्छ, त्यसमा मुखको पाचन–रस मिसिन पाउँदैन। अतः पानी सधैं गिलासमा राखेर मुख लगाएरै ग्रहण गर्नु बुद्धिमानी हुन्छ।

डा. रामदेव पण्डित

दैनिक कसले, कति, कसरी, कुन वेला, कस्तो पानी पिउने भन्ने विषयमा बजारमा धेरै खालका विचार पढ्न र सुन्न पाइन्छन्। जसले गर्दा जनमानसमा धेरै खालका द्विविधा उत्पन्न भइरहेका छन्। पानी स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर केहीले आवश्यकता भन्दा धेरै खाइरहेका छन् । केहीले भने पानी पिउनुलाई महत्व नै दिएका हुँदैनन् । आवश्यक मात्रा समेत नपिउनेहरूलाई पानीको अभावले शरीर के के हुनसक्छ भन्ने बारेमा बोध नभएरै त्यस्तो भएको हो।

खानेपानी कि पिउनेपानी ?

अंग्रेजीमा ‘ड्रिङ्किङ वाटर’ अर्थात् पिउनेपानी भनिन्छ, हिन्दीमा पनि पानीलाई पिउने नै भनिन्छ तर नेपालीमा चाहिं पानी खाने भनिन्छ । के त्यसो भन्नु गलत हो? स्वास्थ्यको दृष्टिकोणले पानीलाई पिउनु भन्दा खानु लाभदायी हुन्छ । अतः नेपाली भाषाको ‘खानेपानी’ भन्ने शब्द एकदम सही छ।

यो पनि पढ्नुहोस्— खराब बानी सुधार्ने यी आयुर्वेदिक सूत्र

पानीलाई पिउने होइन खाने नै गर्नुपर्छ । पानीको घुट मुखमा राखी खाना चपाए झैं आरामले चपाएर खानुपर्छ । पानी खाँदा मुखभित्र अवस्थित क्षारीय प्रकृतिको टाईलिन नामको र‍्याल (ग्रन्थीरस) पानीमा मिसिन्छ । र‍्याल मिश्रित पानीले आमाशयमा पुगेर त्यहाँको अम्लरससँग प्रतिक्रिया गरी अम्लको मात्रालाई सन्तुलनमा राख्छ ।

दैनिक कति पानी पिउने ?

आयुर्वेदमा दैनिक यति पानी पिउनुपर्छ भन्ने विषयमा स्पष्ट केही लेखिएको छैन । तिर्खा लाग्दा तिर्खा मेट्ने गरी पानी पिउनुपर्छ । तिर्खा प्राकृतिक वेग हो । शरीरमा पानीको मात्रा कम हुँदा मस्तिष्कको सहयोगमा तिर्खा मुख वा घाँटीमा लाक्षणिक रूपमा प्रकट हुन्छ । यसलाई रोक्नु वा दबाउनु कदापि हुँदैन। तिर्खा दबाए रोग उत्पन्न हुन्छ । तिर्खाको वेगलाई दबाउँदा त्यसबाट मुख सुक्ने, उत्साह हराउने, बहिरो हुने, बेहोश हुने, चक्कर लाग्ने, हृदय रोग लाग्ने हुन्छ । अन्य मौसम भन्दा वसन्त (गर्मी) र ग्रीष्म ऋतुमा बढी मात्रामा पानी पिउन उपदेश गरिएको छ।

 अंग्रेजीमा ‘ड्रिङ्किङ वाटर’ अर्थात् पिउनेपानी भनिन्छ, हिन्दीमा पनि पानीलाई पिउने नै भनिन्छ तर नेपालीमा चाहिं पानी खाने भनिन्छ । के त्यसो भन्नु गलत हो? स्वास्थ्यको दृष्टिकोणले पानीलाई पिउनु भन्दा खानु लाभदायी हुन्छ ।

‘घरेलु पानीको गुणस्तर, सेवा स्तर र स्वास्थ्य’ विषयमा सन् २००३ अगस्टमा ग्ये हौवार्ड र जामी बार्टरामद्वारा लिखित एवं विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित रिपोर्ट अनुसार एक जना ७० किलो वजन भएका स्वस्थ पुरुष र ५८ किलो वजन भएकी स्वस्थ स्त्रीले प्रतिदिन २.२ लिटर पानी पिउनुपर्छ भनी सिफारिश गरेको छ।

त्यसैगरी उच्च गर्मीमा काम गर्ने महिला वा पुरुष मजदूरका लागि ४.५ लिटर पानी पिउनु उपयुक्त हुन्छ भनेको छ । रिपोर्टले बालबालिकाको सन्दर्भमा पनि बोलेको छ । ५ देखि १० किलो तौल भएका बालबालिकाले औसतमा ७०० मि.लि. देखि एक लिटरसम्म पानी सेवन गर्न उपयुक्त हुने सुझाव त्यहाँ दिइएको छ । व्यक्तिविशेषलाई दिनहुँ कति पानी आवश्यक हुन्छ भन्ने कुरा सम्बन्धित व्यक्तिको स्वास्थ्य, सक्रियता, बसोबासलगायत थुप्रै कुरामा निर्भर गर्दछ।

याे पनि हेर्नुहाेस्– स्वाद तीतो, स्वास्थ्यलाई मीठो

जेस्सिका ब्राउनद्वारा लिखित ‘हाउ मच वाटर सुड यु ड्रिङ्क अ डे’ शीर्षकको आलेख (बीबीसी डटकम, २ मे २०२०) मा एक जनाले दिनभरिमा २४० मि.लि. अट्ने गिलासमा ८ गिलास पानी पिउनुपर्छ भनेर उल्लेख गरिएको छ । यस्तो ८ गिलास पानीले शरीरका लागि दिनभरिमा २ लिटर पानी आपूर्ति गरिदिन्छ । जसबाट शरीरको आवश्यकता पूर्ति हुन्छ।

शरीर रचनाको हिसाबले मानव शरीरको करीब ६० देखि ७० प्रतिशत भाग पानीले बनेको हुन्छ। शरीरमा सबै प्रणाली पानीमै निर्भर रहेको हुन्छ भन्दा फरक पर्दैन । हार्वर्ड मेडिकल स्कूलको ‘सिक्स विक्स प्लान फर हेल्दी इटिङ’ का अनुसार शरीरमा पानीले गर्ने धेरै महत्वपूर्ण कार्यहरूमध्ये शरीरका कोषहरूमा पोषक तत्वहरू र अक्सिजन सञ्चार गर्नु हो।

यो पनि पढ्नुहोस्—आखिर इम्युनिटी हो के ?

पानीले पिसाब थैलीबाट जीवाणुहरूलाई पखालेर बाहिर निकाल्छ । पाचन प्रणालीलाई सघाउँछ । कब्जियत हुनबाट बचाउँछ । रक्तचापलाई सामान्य राख्दछ, हृदयको धड्कनलाई स्थिर राख्दछ । शरीरका अंग र तन्तुहरूको सुरक्षा गर्छ । शरीरको तापक्रमको सन्तुलन मिलाउँछ । शरीरमा इलेक्ट्रोलाइट (सोडियम आदि) हरूको सन्तुलन कायम राख्छ । जोर्नीहरूमा गद्दी झैं नरमता प्रदान गर्छ ।

शरीरमा पानी आपूर्ति पर्याप्त मात्रामा भएन भने त्यसबाट जलअल्पता (डि–हाईड्रेसन) उत्पन्न हुन्छ । जसकारण कमजोरी महसूस हुन्छ, रक्तचाप घट्छ । चिड्चिडाहट हुन्छ । द्विविधा बढ्छ । पिसाब पहेंलो वा कालो भएर आउँछ । हार्वर्ड मेडिकल स्कूलकै किड्नी विशेषज्ञ डा. जुलियन सियफ्टरका अनुसार तुलनात्मक रूपमा युवा उमेरमा भन्दा बढ्दो उमेरमा कम तिर्खा लाग्ने हुन्छ । ६० वर्षपछि शरीरको तिर्खा लाग्ने प्रणालीको संवेदनशीलता घटेर जान्छ । हिमाल खवरबाट

चर्चामा

सम्बन्धित समाचार