शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पोलियो भ्याक्सिन सफल परीक्षणको घोषणा

पोलियो भ्याक्सिन सफल परीक्षणको घोषणा

  • बिहिबार, चैत्र १३, २०७६
पोलियो भ्याक्सिन सफल परीक्षणको घोषणा

आज मार्च २६ । सन् १९५३ मा अमेरिकी मेडिकल अनुसन्धानकर्ता डाक्टर जोनस साल्कले आजकै दिन नेशनल रेडियो शोमार्फत पोलियोमाइलाइटिसविरुद्धको भ्याक्सिन सफलतापूर्वक परीक्षण भएको घोषणा गरे । यस भाइसका कारण सिर्जित पोलियो रोगले सन् १९५२ मा महामारीको रुप लिएको थियो, यस वर्ष अमेरिकामा ५८ हजार नयाँ व्यक्तिमा पोलियो देखिएको थियो र त्यसमध्ये ३ हजारको मृत्यु यही रोगका कारण भएको थियो । यस रोगलाई ‘बच्चाको प्यारालाइसिस’ पनि भनिन्छ किनकी यसले बालबालिकालाई धेरै सताउँछ ।

न्युयोर्क शहरमा १९१४ मा जन्मिएका साल्कले १९३० मा मेडिकल विद्यार्थी छँदा न्युयोर्क विश्वविद्यालयमा पहिलोपटक भाइरसबारे अध्ययन गरेका थिए र दोस्रो विश्वयुद्धताका उनले फ्लु भ्याक्सिन विकास गर्नका लागि सहयोग गरेका थिए । उनी १९४७ मा पिट्सवर्ग विश्वविद्यालयमा अनुसन्धान ल्याबरेटोरीका प्रमुख बने र १९४८ मा उनलाई पोलिया भाइरसबारे अध्ययन गरेर संभावित भ्याक्सिन पत्ता लगाउन बजेट दिइएको थियो । १९५० मै उनले पोलियो भ्याक्सिनको प्रारम्भिक भर्सन तयार गरिसकेका थिए ।

पोलियोले मानिसमा ठूलो क्षति निम्त्याएको थियो र स्नायु प्रणालीमा आक्रमण गर्दैै विभिन्न खाले पक्षघात निम्त्याएको थियो । यो भाइरस चाँडै फैलने भएकाले २० औँ शताब्दीका सुरुवाती दशक महामारीको रुप लिएको थियो । १८९४ मा पहिलोपटक अमेरिकाको भेर्मन्टमा पहिलो मुख्य पोलियो महामारी देखिएको थियो र त्यसयता हरेक वर्ष हजारौँमा समस्या देखियो । बालबालिकामा धेरै प्रभाव देखिने भएपनि यसबाट वयस्क र वृद्धवृद्धा समेत समस्या परे ।

अमेरिकाका भावी राष्ट्रपति फ्रयाङ्कलिन डि रोसभेल्टमा पनि १९२१ मा ३९ वर्षको उमेरमा पोलियो देखिएको थियो र उनको शरीरको देब्रे भाग केही हदसम्म प्यारालाइसिस भयो । रुसभेल्ट आफ्नो जीवनकालमा पोलियोविरुद्धको अनुसन्धान र पोलियो बिरामीहरुका लागि उपचारको व्यवस्था गर्न आवश्यक रकम उठाउने काममा समेत सक्रिय भए ।

चर्चामा

सम्बन्धित समाचार