• होमपेज
  • बाजुरा बिशेष
  • वडाअध्यक्षकाे मेयरलाइ सुझाव : नगरमा याेजना यसरी बनाउन सकाैँ

वडाअध्यक्षकाे मेयरलाइ सुझाव : नगरमा याेजना यसरी बनाउन सकाैँ

  • आइतवार, माघ १९, २०७६
वडाअध्यक्षकाे मेयरलाइ सुझाव : नगरमा याेजना यसरी बनाउन सकाैँ

हामिले नगरमा गरेका छलफल बहस शुझाव र बनेका याेजना मुलभुत रुपमा यिनै हुन तर याे प्रर्यप्तता नमानेर हाम्राे नगर बडिमालिका नगर प्रमुख ज्यू काे सामाजिक सञ्जाल मार्फत अनुराेध पायपछि । केहिकुरा राख्न मन लागेर अनुराेध गरेकाे छु:
१) नगर वा विदेशियका सबै व्यक्तिहरु -स्वरोजगार वा रोजगारमा संलग्न व्यक्तिहरु, व्यवसायिहरु, व्यापारीहरु, किसानहरु, मजदुरहरु, विभिन्न पेशामा आवद्ध व्यक्तिहरु लगायत सबै व्यक्तिहरुलाई शुरुमा नगर हामी सवैकाे हाे भन्ने अपनत्व वाेध हुन पर्याे वा हुने बनाउन अभिप्रेरित गराउनु पर्याे ।
२) बिकास निर्माण, सामाजिक अभियान, नगर सरकार संचालन र सामाजिक संघसंस्थामा राजनीति प्रभाव कम हुन पर्याे ।
३) नगरबासि सवैले सरकार हाम्राे हाे भन्ने फिलिङ गरेमा जीवनकाल र आयआर्जन गर्न सक्ने बेलासम्म कम्तीमा बर्षको 4 दिन कम्तीमा पनि एकदिनको आम्दानी वा विकास निर्माणमा श्रम साझेदारी गर्नु पर्याे।
४) शैक्षिक विकास बिना समाज परिवर्तन गर्न सकिदैन भन्ने मान्यता राखी पहिलो शिशु कक्षा यवं प्राथमिकतामा शिक्षाकाे शुधारलाई जोड दिएर गाउँमा रहेको सबै स्कुलहरुलाई समान हैसियतको शिक्षाको स्तर र भौतिक सुविधाहरु एवं शैक्षिक गुणस्तर कायम गर्न निश्चित योजना बनाएर कार्यान्वयन गर्नु पर्याे ।
शिक्षण संस्थाकाे अनुगमन प्रणालिलाई प्रभावकारी बनाई आवश्यक कार्य सम्पादनाका अाधारमा शिक्षकहरुकाे सरुवा बढुवा, परिचालन र विध्यालयकाे सर्वाेतम्म विकास गरि नगरभरिकाे उच्च शिक्षा र कलेज तहको शिक्षालाई समेत विकास गर्न समन्वय र सहयाेग गरिनुपर्छ। एउटा सार्वजनिक पुस्तकालय सबैकाे पायक पर्ने स्थानमा स्थापना गरि त्यसलाई अध्ययन र खोज केन्द्रको रुपमा विकास गर्न अावश्यक छ ।
५) नगरबासिकाे महत्वपुर्ण क्षेत्र स्वास्थ्य सेवालाई भरपर्दो र सबैको सर्वसुलभ र सामान्य स्वास्थ्य सेवा गाउँमै उपलव्ध हुने वातावरण सृजना गर्न अस्पतालको निर्माण र एम्बुलेन्स सेवा साथै सामान्य चिरफार , एक्स रे र हात-खुट्टा फ्याक्चर हुँदा प्लास्टर सम्म गर्ने सुविधा गाउँकै स्वास्थ्य केन्द्रमा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरि सरकारी निकाय र अन्य सहयोगी संस्था र व्यक्तिको सहयोग जुटायर लाग्न र कार्यान्वयन गर्न अावश्यक छ ।
६) अन्य सामाजिक सेवाहरु जस्तै -खानेपानी , सरसफाई , पोषण कार्यक्रम , सडक, विद्युत-टेलिफोनसेवा साथै खेलकुद विकास , असहाय बालबालिका, असहाय वृद्धहरुको संरक्षणमा सहयोग र लगानि अावश्यक छ त्याे नि समावेशि, न्यायाेचित मितव्यहि राजनीति व्यबहारबाट माथि उठेर । त्यस्तै स्वरोजगार र व्यवसायिक आयआर्जन सम्बन्धी तालीमहरु संचालन गरि युवाहरुलाई नगर भित्रै जिविका उपार्जनको बाटो देखाउन सहयोग पुर्याउन अावश्यक कार्यक्रम र बजेट व्यवस्थापन हुनुपर्छ कुनै किसिमकाे नियुक्ति प्रक्रियाकाे राेजगारि श्रृजना गर्दा याेग्यता, क्षमता र मिहिनेतकाे मुल्यांकनमा विश्वसनीयता हुनपर्याे ।
७) नगरकाे गुरुयोजनाकाे अक्षरस सबै क्षेत्रका क्षेत्रगत योजना तर्जुमा कार्यान्वयन एव संगै समग्र गाउँको गुरुयोजना बनाएर काम गर्न पहल हुन पर्याे । जस्काे कार्यान्वन नगर स्वयमले गर्न नसक्ने अवस्थामा सबैकाे समन्वय र सहयाेग एंव सहमति लियर प्रदेश,संघ र साझेदार निकायमा समन्वय र पहल गरिनु पर्याे ।
९) एक गाउँ एक उत्पादनमा जाेड दिई कृषकलाई कृषिमा अात्मनिर्भर वनाउनु पर्छ जस्मा दियर खाने भन्दा नि गरि खाने कृषक छनाैट गरि लगानि गरिनु पर्छ , कृषि उपकरण मल बीउ र प्रविधिक सहयाेग नगरले उपलब्ध गराउनु पर्छ ।
१०) शहरि विकास अवधारणा पछि वनेकाे मार्तडी सडक पछि अब सबै गाउँमा सडक संञ्जालले जाेड्नुपर्छ । त्याे नि डाेजर मालिक पालिने भन्दानि स्थानिय अावश्यकता र राेजगार मध्यनजर गरिनु अावश्यक छ ।
११) यस्तै संचार मानिसकाे प्रमुख अावश्यकता बनी सकेकाे छ E बडिमालिकामा वडा वडामा ईन्टरनेट सुचारु भएको हुनुपर्याे । संचार क्षेत्र प्रवद्धन र विकासमा विशेष लगानि गरिनु पर्याे ।
१२) हाम्रा प्राकृतिक सम्पता , जल जमिन, जडिबुटीकाे उचित संरक्षण प्रवद्धन र व्यवस्थित उपयाेग गरिनु पर्याे ।
१३) विकासमा राजनिति भागबन्डा नदेखाई आपसमा कार्यक्रमहरु नजुधाई सम्पादन गर्न समन्वयकारी भुमिका खेलिनु पर्याे ।
१४) विकासलाई चाडाे गर्न चाहेकाे हाे भने नगरपालिकालाई राजनितिकमा साझा सहमति सहकार्य र सकारात्मक साेचबाट रुपान्तरण गरि सबैकाे सरकार हाे भन्ने महसुस गराउन सक्नुपर्याे । जसले गर्दा सरकारी निकाय प्रदेश संघ र प्रदेश सरकार , योजना आयोग, अन्य गैरसरकारी संस्था, दातृसंस्थाहरु , व्यक्तिगत दाताहरुले समेत सहयोग गर्न सकुन र सहयोग माग्न सकियोस् ।
१५) नगरकाे अार्थिक प्रणालि सुधार तथा अान्तरिक अाम्दानि बढाउन एवं राेजगारि सृजना गर्न लगानिका क्षेत्र पहिचान गरि कार्यक्रम बनाउनु पर्छ जस्तो पर्यटन प्रवर्धन गरि नगर भित्रनेै पर्यटक घुम्न लाएक ठाउँ ( त्रिवेणी, कालाजग्रा, मार्तडीमा रहेकाे मालिका मन्दिर, विरेखाेला झरना, रानिवन र जाल्पादेवि) मा पुर्वाधार निर्माण , हाेटलकाे व्यवस्थापन मा निजि साझेदारमा प्राेत्साहन विद्युत लगायतका क्षेत्रमा लगानि, नगरकाे कर प्रणालिलाई व्यवस्थित र प्रभावकारि वनायर अान्तरिक अाम्दानिमा लाग्नु पर्याे ।
१६ ) नगरकाे कार्यक्रम र आम्दानी , खर्च र योजना कार्यान्वयन र उपलब्धिलाई सबैले हेर्न थाहा पाउने गरि पारदर्शिता हुन ।
### अहिलेलाई यति मेयर साव बाँकि नगरकाे छलफलमा ।

चर्चामा

सम्बन्धित समाचार