बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • पर्यटन
  • बडिमालिकामा केबलकारको निर्माण गर्ने योजना

बडिमालिकामा केबलकारको निर्माण गर्ने योजना

  • बुधबार, भदौ १८, २०७६
बडिमालिकामा केबलकारको निर्माण गर्ने योजना

प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल बडिमालिकामा केबलकार निर्माण गर्नका लागि सम्भाब्यता शुरु गरिएको छ । बडिमालिका नगरपालिकाले केबलकार निर्माण गर्नका लागि छलफल तथा सम्भाब्यता अध्यनन शुरु गरेको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवालले वताएका छन् । नगरपालिकाले ‘डीपीआर’ तयार गर्न चालु आर्थिक वर्षमा ५० लाख विनियोजन गरेको छ ।
आर्थिक बर्ष ०७४।०७५ मा शुदुरपश्चिम प्रदेशले बडिमालिकामा केबलकार बनाउने योजना निति तथा कार्यक्रममा पाश गरेको थियो । तर कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन् । त्यस्तै तत्कालिन जिल्ला विकास समितिले गुरु योजनामा पनि केबलकार निर्माण गर्ने राखेको थियो, तर कुनै प्रक्रिया अगाडि बढेन् । बडिमालिका नगरपालिकाले भने केबलकार सञ्चालनका लागि पुर्वसम्भाव्यता अध्ययन गराएर लगानिकर्ता, प्रदेश र संघ सरकार सँग छलफल अगाडि बढाएको नगर प्रमुख बढुवालले वताएका छन् ।
‘चन्द्रागिरि हिल्सका सञ्चालक चन्द्र ढकालले केवलकार निर्माणमा चासो देखाएका छन् । केही लगानी कर्ताहरु सँग छलफल गरिसकेका छौ, केहीले चासो पनि देखाएको छ, पहिलो चरणमा सम्भाब्यता अध्यनन भयो, अब डीपीआर बनाउने योजनामा रहेको नगरप्रमुख बडुवालले बताए । बडिमालिका ६ बुढाकोर्द गाउँलाई आधार बनाएर बडिमालिकाको लौरि बिनायक सम्म केबलकार निर्माण गर्ने योजना अघि सारिएको छ ।
बुढाकोर्द बडिमालिका जाने पदमार्ग हो । सदरमुकाम मार्तडीदेखि उक्त गाउँ ९ किलोमिटर टाढा छ । त्यहाँ पुग्नका लागि ग्रामीण सडक निर्माण भइरहेको छ । पूर्वप्रारम्भिक अध्ययनले केबलकारको दूरी ४ दशमलव ८६ किलोमिटर हुने देखिएको रिडा कम्पनीका अनुसन्धानकर्ता विनोद उपाध्यायले बताए । लौरीविनायक बाट बडिमालिकाको त्रिवेणी पुग्न २ घण्टा लाग्ने स्थानियले वताएका छन् । त्रिवेणीबाट बडिमालिकाको चुचुरो (मन्दिर रहेको स्थान) सम्म पुग्न थप २ घण्टा पैदल हिँड्नुपर्छ ।
बडिमालिका १४ हजार फिट उचाइको रहेको छ । यो गन्तव्यमा पुग्न बाजुरा सदरमुकामको पैदल बाटो मुख्य हो । त्यसका अतिरिक्त यात्रुहरू नाटेश्वरी, पोरखे, जडांगा हुँदै पनि बडिमालिका पुग्ने गर्छन् । बाजुराको बडिमालिकालाई ‘धर्तीको स्वर्ग’ को उपमा दिइन्छ । यातायात र अन्य पर्यटकीय सुविधाको अभावमा यात्रु सास्ती खेप्न बाध्य छन । यहाँ केबलकार निर्माण हुन सके यस क्षेत्रको आर्थिक विकासले कोल्टे फेर्ने उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले वताए ।
बडिमालिकामा मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन गरिन्छ । बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वातावरण्ीाय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् । बडिमालिकाको क्षेत्र पुर्वमा बाजुराका जगन्नाथ गाँउपालिका र कालिकोट जिल्लाका केही भाग पर्ने गरेका छन् । पश्चिममा बाजुराको त्रिबेणी, बडिमालिका नगरपालिका पर्ने गर्छन् । उत्तरमा पाण्डुसैन, मार्तडी र दक्षिणमा कालिकोटको केही भाग अछामको ऋषिदह छतारा चारकिल्ला भित्र पर्ने गर्दछ । बडिमालिकाको संरक्षण नेपाली सेना र पुरात्वबिभागले गर्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार