शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • धार्मिक
  • आजमिति २०७६ साल भाद्र-६ गते शुक्रबारको राशिफल पढ्नुहोस् ।

आजमिति २०७६ साल भाद्र-६ गते शुक्रबारको राशिफल पढ्नुहोस् ।

  • शुक्रबार, भदौ ६, २०७६
आजमिति २०७६ साल भाद्र-६ गते शुक्रबारको राशिफल पढ्नुहोस् ।

वि.सं.२०७६ साल भाद्र ०६ गते । शुक्रबार । ईश्वी सन् २०१९ अगष्ट २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि अष्टमी,५४ घडी १५ पला ,रातको ०३ बजेर २० मिनेट उप्रान्त नवमी । नक्षत्र कृतिका,४६ घडी १४ पला,रातको १२ बजेर ०८ मिनेट उप्रान्त रोहिणी । योग ध्रुव,२२ घडी ०७ पला,दिउसो ०२ बजेर २९ मिनेट उप्रान्त व्याघात । करण वालव,दिउसो ०३ बजेर २२ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर २० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा छत्र योग । चन्द्रराशि बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी १६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । परिवारका साथ रमाईलो बाताबरणमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

लगनशिल तथा मेहनेती भई काम गर्नाले दैनिकी परिवर्तन हुनेछ । सम्मानजनक जिम्मेवारि बहन गर्ने जिम्मेवारि प्राप्त हुनेछ भने बिशिष्ट व्याक्तिहरुको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने उत्कृष्ट नतिजा ल्याउदै हरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । धर्म सस्कृति तथा रितिरिवाजको पालन गर्दै समाजमा स्थापित सस्कारको जगेर्ना गर्ने कामका तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार