• होमपेज
  • समाज
  • आउँदो ३ दिन वर्षात र बाढीको सम्भावना कति ? यस्तो छ पूर्वानुमान

आउँदो ३ दिन वर्षात र बाढीको सम्भावना कति ? यस्तो छ पूर्वानुमान

  • बिहिबार, साउन १६, २०७६
आउँदो ३ दिन वर्षात र बाढीको सम्भावना कति ? यस्तो छ पूर्वानुमान

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन नदीहरूमा पानीको बहाब बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। बिहीबार बिहान ७ बजे प्रकाशित बाढी पूर्वानुमान बुलेटिनमा महाशाखाले मुख्य र मझौला नदीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान गरेको छ।

संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, बाग्लुङ, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, जाजरकोट, दैलेख, बाजुरा, डोटी, दार्चुला लगायतका जिल्लाका पहाडबाट बग्ने खहरे खोलामा पनि बहाव उल्लेख्य हुने र कतिपयमा आकस्मिक बहाव बढ्न सक्ने उसले जनाएको छ। यी जिल्‍लाको पहाडी भुभागमा यात्रा गर्दा नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ।

गोरखा, लमजुङ, धादिङ, रसुवा, दोलखा, सिन्धुपाल्चोक लगायत जिल्लाको पहिरोग्रस्त क्षेत्रमा रहने तथा यात्रा गर्नेहरूलाई पनि सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

कहाँ कस्तो छ बाढी पूर्वानुमान ?

यस्तै मौसम पूर्वानुमान महाशाखाले पनि आउँदो तीन दिन देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। बिहीबार बिहान ६ बजेको बुलेटिनअनुसार दुई तीन दिनपछि मनसुनी गतिविधि अझ बढ्ने अनुमान गरेको छ।

‘हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर रहेको छ। अबको २/३ दिन पश्चात न्यूनचापीय रेखा उत्तरतिर सर्दै नेपालको पश्चिमी तराई नजिक रहने सम्भावना छ’, महाशाखाले भनेको छ, ‘यसकारण अबको २/३ दिन पछि मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको देखिन्छ।’

देशका धेरै जसो स्थानमा सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

यस्तो छ आगामी तीन दिन मौसम पूर्वानुमान  

साउन १६ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ।  

राती: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा  वर्षा हुने सम्भावना छ। 

साउन १७ गते (शुक्रबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन सहित वर्षा हुने सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनसहितवर्षा हुने सम्भावना छ। 

साउन १८ गते (शनिबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

चर्चामा

सम्बन्धित समाचार