• होमपेज
  • धार्मिक
  • भोलि लाग्दैछ खण्डग्रास चन्द्रग्रहण, कुन राशीमा कस्तो असर ?

भोलि लाग्दैछ खण्डग्रास चन्द्रग्रहण, कुन राशीमा कस्तो असर ?

  • सोमवार, असार ३०, २०७६
भोलि लाग्दैछ खण्डग्रास चन्द्रग्रहण, कुन राशीमा कस्तो असर ?

भोलि मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मध्यरातमा शुरु हुने ग्रहण ३ घन्टा भन्दा बढीको हुनेछ भने बुधवार विहान मात्रै अन्त्य हुनेछ । सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लागेको बुझ्ने गरिन्छ । नेपाली समय अनुसार राती १ बजेर ४७ मिनेटमा प्रारम्भ हुने ग्रहण बुधवार विहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुने बताइएको छ । खगोलविद्हरुका अनुसार यो अवधिमा चन्द्रमाको आधाभन्दा भन्दा बढी भाग छोपिएको अवस्थामा देखिनेछ ।

यो ग्रहण नेपालसहित भारत, चीन, मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आसपासका मुलुकबाट प्रष्टै देखिने छ । बरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुशार क्यानडा र उत्तर अमेरिकामा बसोवास गर्नेहरुले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन् । चन्द्रग्रहणमा आँखालाई हानी नोक्सानी पुर्याउने खालका किरण नहुने भएकाले जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सकिने छ ।

ग्रहणलाई टेलीस्कोप, वाइनाकुलर, क्यामरा जस्ता सामाग्री र नाङ्गो आँखाले सहजै हेर्न सकिने भएपनि धर्मशास्त्रले भोलीको ग्रहणमा केही राशीलाई शुभ र केहीलाई अशुभ मानेको आचार्यले बताउनुभयो ।

धार्मिक विश्वासलाई आधार मान्दा चार वटा राशीलाई मात्रै शुभ मानिएको बताउँदै उहाँले भन्नुभयो–‘कर्कट, तुला, कुम्भ तथा मीन राशि भएकाहरुलाई शुभ मानिएकाले यी राशी भएकाले भोलीको ग्रहण हेर्न हुने बताइएको छ ।’ मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएकाहरुलाई भने यो ग्रहण नियाल्न नहुने बताइएको आचार्यले जानकारी दिनुभयो ।

खगोलविद्हरुले ग्रहणलाई प्रयोगात्मक अध्ययन अनुसन्धान प्रकृया पुष्टिगर्ने सुनौलो अवसरका रुपमा लिने गर्छन् । धर्मशास्त्रीहरु ग्रहण अघि र पछि नदीतट, कुण्ड, तलाउमा नुहाई धुवाई गरी शुद्घहुन, धार्मिक मन्त्रोचारण गर्न र ब्रत बस्न सुझाउने गर्छन् ।

चर्चामा

सम्बन्धित समाचार