शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • नेपाल टेलिकमबाट अब दश पैसामा एक मिनेट कुराकानी, तर कसरी ?

नेपाल टेलिकमबाट अब दश पैसामा एक मिनेट कुराकानी, तर कसरी ?

  • मङ्लबार, जेष्ठ ७, २०७६
नेपाल टेलिकमबाट अब दश पैसामा एक मिनेट कुराकानी, तर कसरी ?

नेपाल टेलिकमले दश पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ । आम ग्राहकको हितलाई ध्यानमा राखी नेपाल टेलिकमका मोवाइलबाट दश पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो ।

यो सेवा उपभोग गर्नका लागि मोवाइलमा VOICE90 लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । त्यसपछि जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

यो सुविधा कम्पनीका जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड दुवैथरी मोवाइलका ग्राहकहरुका लागि उपलब्ध छ ।

चर्चामा

सम्बन्धित समाचार