शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • ठेकेदारले चामल ढुवानी नगर्दा दुर्गममा खाद्य संकट

ठेकेदारले चामल ढुवानी नगर्दा दुर्गममा खाद्य संकट

  • बिहिबार, चैत्र १४, २०७५
ठेकेदारले चामल ढुवानी नगर्दा दुर्गममा खाद्य संकट

प्रकाश सिंह
बाजुरा, १४ चैत
समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाँउपालिकामा खाद्य सकंट भएको छ । हिमाली गाँउपालिकाको कवाडी डिपोमा ठेकेदारले ठेक्का असोजमा सम्झौता गरेको भएपनि अहिले सम्म चामल ढुवानी नगर्दा चरम खाद्य संकट भएको हिमाली गाँउपालिका ५ का अध्यक्ष अम्मलाल कार्कीले वताएका छन् ।
ढुवानी अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाँउपालिका १, २, ३ को बिच्छँया, ४, ५ को रुगिनमा खाद्य संकट भएको स्थानियले वताएका छन् । हिमाली गाँउपालिका २ बिच्छँयाकी जुनकला बुढा चामल किन्न दुईदिन लगाएर कवाडी डिपोमा पुगिन्, तर त्यहाँ एकदाना पनि चामल नपाएपछि रितो हात फर्केकी छन् । चामल नपाएपछि सिस्नोले छाक्क टार्ने उनले वताईन् ।
बिच्छँया गाँउका चन्द्र बहादुर बुडथापाले भने गाँउ बाट चामल किन्न ४० जना जति आएको तर चामल नपाएपछि रित्तो हात घर फर्कीन लागेको उनले वताए । हामी चामल पाइन्छ भनेर आएको हौ, तर नपाएपछि घर जानु परेको उनले वताए । बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडी बाट एक साता लाग्ने गरेको छ ।
कवाडी डिपोका लागि खाद्य संस्थान बाजुराले यो बर्ष मात्र ६ हजार कुन्टल चामलको कोटा स्वीकृत गरेको छ । सोही अनुसार ३ जना ठेकेदारले असोज महिनामा सम्झौता गरेको हो, तर अहिले सम्म १५ सय कुन्टल मात्र पुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । ३ हजार कुन्टल नन्द महतारा, १ हजार बल बहादुर थापा र २ हजार नरि थापाले ढुवानी गर्ने सम्झौता गरेका छन् । बल बहादुर थापाले असोज १८, नरी थापाले असोज १६ र नन्द महतराले असोज ७ ढुवानी गर्ने गरी सम्झौता गरेको खाद्य संस्थाले वताएको छ । यसमा कोल्टि खाद्य संस्थान डिपो बाट १ हजार, मार्तडी खाद्य संस्थान बाट १ हजार धनगढी बाट १ हजार र सुर्खेत बाट ३ हजार कवाडीमा ढुवानी गर्ने रहेको थियो ।
खाद्य संस्थान बाजुरा शाखा प्रमुख मेखराज ओझाले भने चामल ढुवानी नभएको ठेकेदारलाई ताकेता गरीरहेको वताए । प्रमुख जिल्ला अधिकार चेतराज बरालले चामल अभाब भएको जानकारी भए लगतै खाद्य संस्थान र ठेकेदारलाई जानकारी गराएको चाडै चाामल पठाउने ब्यबस्था गरेको वताए । चामल १५ सय कुन्टल जति आएको हो अहिले सम्म त्यो पनि थोर थोरै पाएको स्थानिय देबिलाल भण्डारीले वताए । आएको चामलमा पनि ठेकेदारले पैशा ४० केजीका दरले लिएको तर कटामा ३५ केजी मात्र पाएको थियौ, प्रहरी कहाँ खबर त गरेका हौ, तर कुनै वास्ता नभएको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार