शनिबार, फाल्गुन १२, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सन्तुलित भोजन कस्तो हुनुपर्छ ? स्वास्थ्य र खानपानको यस्तो छ सम्बन्ध

सन्तुलित भोजन कस्तो हुनुपर्छ ? स्वास्थ्य र खानपानको यस्तो छ सम्बन्ध

  • सोमवार, चैत्र ४, २०७५
सन्तुलित भोजन कस्तो हुनुपर्छ ? स्वास्थ्य र खानपानको यस्तो छ सम्बन्ध

ब्यालेन्स डाइट अर्थात सन्तुलित भोजन । हामीले सुन्दै र भन्दै आयौं । तर, खानेकुरा कसरी सन्तुलित हुन्छ ? यसको सन्तुलन कसरी मिलाउने ? किनभने हाम्रो थालमा अक्सर दाल, भात, तरकारी, अचार हुनेगर्छ । कतिले दुध, दही, मोही पनि समावेश गर्छन् । कतिले घिउ, पनिर समावेश गर्छन् । कतिले माछा, मासु समावेश गर्छन् । कतिले सलाद, सागपात, गेडागुडी समावेश गर्छन् ।

यी सबै किसिमको खान्की एकै थालीमा पस्कन त्यती संभव हुँदैन । अर्को कुरा, थरीथरीको खानेकुरा मिश्रण गर्दैमा त्यो सन्तुलित हुन्छ भन्ने पनि होइन । अर्थात दाल, भात, तरकारी, अचार मिश्रण गरिदैमा त्यो सन्तुलित हुन्न भन्ने छैन ।

किनभने सन्तुलित भोजन भनेको पौष्टिक पदार्थले भरिएको खानेकुरा सेवन गर्नु पनि हो ।

के हो सन्तुलित भोजन ?

सन्तुलित भोजनको सेवनले  शरीरलाई स्वस्थ तथा र स्फूत राख्न मद्दत गर्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै विभिन्न रोगहरुबाट शरीरलाई सुरक्षा प्रदान गर्छ । त्यतिमात्र हैन,यसले शरीरको वृद्धिविकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।

पोषणविद्हरुका अनुसार सन्तुलित भोजन यस्तो भोजन वा आहार हो, जसमा तरल पदार्थ, माइक्रोन्युटि्रयन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त मात्रा हुन्छ , जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । सामान्यतया, सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ ।

यसको फाइदा पनि विभिन्न किसिमको हुन्छ ।

-सन्तुलित आहारले गर्भवती महिलालाई आवश्यक पोषण प्रदान गरी गर्भमा रहेको शिशु, बालबालिका तथा किशोरकिशोरीको बृद्धिविकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

-यसले शरीरमा उर्जाको प्रवाह गर्छ, शरीरलाई विभिन्न रोगसित लड्न मद्दत गर्छ ।

सन्तुलित आहारले एनिमिया, मोटोपना, उच्च रक्तचाप, हृदय रोग, मधुमेह , स्ट्रोक, अस्टियोपोरोसिस, क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।

आहारको अवधारणालाई बुझ्न अझै सजिलो होस् भन्नका लागि आहारलाई निम्न समूहमा विभाजित गरिएको छ ।

-अन्न तथा आलु (कावोहाइड्रेट्स)

-फलफूल तथा सागसब्जी (भिटामिन तथा खनिज)

-दूधजनय पदार्थ (प्रोटिन तथा क्याल्सियम)

-माछा, मासु, दाल, गेडागुडी (प्रोटिन)

-तेल (फ्याट /वोसो)

एउटा सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडे्रट्स, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ  । सामान्यतया, एक स्वस्थ वयष्कलाई दिनमा कम्तीमा आठ देखि दश गिलास पानी सेवन गर्न सुझाव दिइने गरिन्छ ।

मकै, गहुँ, चामल, आलु लगायतका स्टार्चयुक्त खाद्य पदार्थ उर्जाको स्रोत हो । यो फाइबर, क्याल्सियम, आयरन तथा अन्य महत्वपूर्ण भिटामिनको स्रोत पनि हो ।

सागसब्जी तथा फलफूल फाइबर, भिटामिन तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । सागसब्जी तथा फलफूलको विविधता पनि खानामा महत्वपपूर्ण मानिन्छ ।

फ्याटयुक्त तेललाई भने नियन्त्रित मात्रामा प्रयोग गरिनु पर्छ । शरीरलाई स्वस्थ राख्न वोसोको आवश्यकता थोरै मात्र हुन्छ । सरस्यूको तेल,  सूर्यमुखी फूल, मकैको तेल फ्याट अन्तर्गत पर्दछ ।

दूध, दही, पनीर लगायतका दूग्धजन्य पदार्थ भने भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत मानिन्छ । यी सबै पोषकतत्प हड्डी मजबुत बनाउन तथा दाँतलाई मजबुुत बनाउन आवश्यक छ । दूधमा तर जम्ने भएकोले दूधमा वोसोको मात्रा धेरै हुन्छ । त्यसैले चिकित्सकहरु तर निकालिएको दूध सेवन गर्न सल्लाह दिने गर्दछन् ।

त्यस्तै, माछा, मासु, अण्डा, फलफूल, दाल तथा सोयाबीन प्रोटिनको राम्रो स्रोत मानिन्छ । साथै, आयरन अन्य खनिज पदार्थ तथा भिटामिन ‘के’ को पनि राम्रो श्रोत मानिन्छ । सोयाबीन र नट्समा विभिन्न किसिमको पोषकतत्व पाइन्छ । यसले विशेषगरी मांसपेशी तथा टिस्यूको निर्माण तथा मर्मतको साथमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मुख्य भूमिका खेल्दछ ।

प्रत्येक दिन सबै किसिमका खाद्य पर्दाथको चयन गरेर त्यसमा पनि निश्चित प्रकारकै खाद्य पदार्थलाई खानामा समावेश गरेर  शरीरलाई पोषण प्रदान गर्न सकिन्छ ।

किनकी हामीले जे खान्छौ, त्यो सबै खानेकुराले शरीरलाई पोषण नमिल्न सक्छ ।

सन्तुलित आहार स्वस्थसित कसरी सम्बन्धित छ ?

शरीरलाई स्वस्थ राख्न आहारमा अन्न, कार्बोहाइड्रेट्स, प्रोटिन, फ्याट , खनीज पदार्थलाई समावेश गर्न जरुरी छ । साथमा शारीरीक गतिविधि गर्न आवश्यक छ । अन्यथा, गलत खानपानले मोटोपना र विभिन्न रोगको समस्या निम्त्याउँछ । त्यतिमात्र हैन, शरीरलाई आवश्यक मात्रामा पोषकतत्व प्रदान नभएमा यसले कुपोषणको समस्या समेत निम्त्याउने गर्छ । परिणामस्वरुप, मानिसमा रक्तअल्पत्रा, रतन्धो लगायतका समस्या निम्तिने गर्छ ।

चर्चामा

सम्बन्धित समाचार