चार प्रदेशमा मौसम बदली, कहाँ हुँदैछ वर्षा र हिमपात ?
काठमाडौँ — देशभर पश्चिमी वायुको प्रभावले आंशिक बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली, […]