मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • के बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया भाइरल फोटोमा जस्तै छ ? भ्रम या यर्थात

के बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया भाइरल फोटोमा जस्तै छ ? भ्रम या यर्थात

  • मङ्लबार, पुस १३, २०७८
के बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया भाइरल फोटोमा जस्तै छ ? भ्रम या यर्थात

बाजुरा — केही दिनदेखि सामाजिक सञ्जालमा जिल्ला अस्पताल बाजुराको शल्यक्रिया कक्षको एउटा फोटो भाइरल भएको छ। फोटोमा जस्तापाताले बेरेको एउटा टहरा जस्तो देखिन्छ। त्यसमा राखिएको साइनबोर्डमा लेखिएको छ- जिल्ला अस्पताल बाजुरा शल्यक्रिया कक्ष। मुनि अङ्ग्रेजीमा अपरेसन थियटर पनि लेखिएको छ तर साईन बोर्ड जस्तापातामा राखिएको भए पनि अपरेशन कक्ष भने सो ठाउँ भन्दा बेग्लै रहेको छ ।
पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा २५ डिसेम्बर २०२१ मा ‘बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष’ क्याप्सन लेख्दै यो फोटो पोस्ट गरेका थिए । यो पोस्टमा २७ डिसेम्बर दिउँसोसम्म २५५ कमेन्ट, १ हजार ८ सय रियाक्सन छन् भने १४१ पटक सेयर गरिएको छ ।

No description available.
यो फोटो पनि जिल्ला अस्पताल बाजुराका एक जना कर्मचारीले आफ्नो फेसबुकमा रोखेकाे हुन सक्ने जनाएकाे छ र उनको फेशबुकबाट पुर्ब सचिव मिभ उपाध्याले तानेर आफ्नो फेशबुकमा राखेको हुन सक्ने दाबी गरिएको छ । भिम उपाध्यायको फेसबुक पोस्टसँगै अरु धेरैले पनि यसलाई सेयर गर्न थाले। ट्रोल र मिमहरु पनि बन्न थाले।
तथ्य याे  हो ?
जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीका अनुसार अहिले जिल्ला अस्पतालको भवन बनिरहेको छ। भाइरल नभएको राम्रो भवन देखिने पछिल्लो फोटो पुरानो भवनको हो। त्यसलाई अहिले भत्काइसकिएको छ।

डाक्टर जोशीका अनुसार भाइरल भएको फोटोमा जस्तै जस्तापाताको टहरामा शल्यक्रिया कक्षको साइनबोर्ड राखिएको सही हो। तर शल्यक्रिया कक्ष भने टहरामा नभएर पक्की भवनमा रहेको बताएका छन । उनेले भने अहिले पनि अनुगमन गरि हेर्न सकिने छ ।


‘पहिलेको भन्दा राम्रो भवन अहिले छ,’ उनी भन्छन्,’पहिले रेडक्रस रहेको भवनमा अहिले अपरेसन थियटर सारिएको छ । टिनको त बाहिर खाली सामान-सामान राख्न र बिश्राम स्थल वा प्रतिक्षालय जस्तै बनाएको बताएका छन ।
उनले दिएको जानकारी अनुसार साइनबोर्ड राखिएको जस्तापाताको टहराबाट भित्र पसेपछि पक्की भवनमा पुगिन्छ । सोही भवनमा शल्यक्रिया कक्ष रहेको छ। भाइरल भएको फोटोले टहराभित्र नै शल्यक्रिया कक्ष रहेको जस्तो भ्रम पारेको भए पनि फोटोले भने जस्तै नभएको बताएका छन ।


५० शैय्याको जिल्ला अस्पतालको भवन अहिले नयाँ बनिरहेकोले नेपाल रेडक्रस सोसाईटीका भवनमा काम गरिरहेका छौ उनले भनेका छन । बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्षको बोर्ड जस्तापाताको टहरा बाहिर राखिए पनि शल्यक्रिया कक्ष भवन भने टहरासँगै जोडिएको पक्की भवनमा रहेको छ।

यसरी भयो भाइरल

चर्चामा

सम्बन्धित समाचार