बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

  • शुक्रबार, पुस १६, २०७८
मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकोले उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले हाल देशभर आंशिक बदली रहेको छ । धेरै स्थानहरूमा हुस्सु कुहिरो लागेको जानकारी दिएको छ ।

यसैगरी, आज दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

यस्तै, राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार