सुदूरपश्चिममा भित्रियो ‘नयाँ प्रकार’को कोरोना, ३ जना संक्रमित
धनगढी: सुदूरपश्चिम प्रदेशका ३ जनामा नयाँ प्रकार(भेरियन्ट)को कोरोना संक्रमण पुस्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुस्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। ‘हामीले नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौं’ उनले भने, ‘ती मध्ये ३ […]