बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे बुढिगंगामा दादुराको लक्षण भएको रोग बालवालिकामा फैलियो

बाजुराकाे बुढिगंगामा दादुराको लक्षण भएको रोग बालवालिकामा फैलियो

  • बुधबार, फाल्गुन १०, २०७९
बाजुराकाे बुढिगंगामा दादुराको लक्षण भएको रोग बालवालिकामा फैलियो

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका १ अम्कोटमा दादुराको लक्षण भएको रोग बालवालिकामा फैलिएको छ । बुधवार स्थानिय धुरालसैन आधारभुक्त स्वास्थ्य केन्द्रमा उपचारमा लागि आएका ७ जना बालवालिकामा दादुरा रोगको जस्तो लक्षणहरु भएको वालवालिका उपचारमा आएको स्वास्थ्य केन्द्रमा कार्यरत अनमि बिन्दु बिष्टले वताएकि छन् ।
उपचारमा आएका ७ जना बालबालिका अम्कोट गाउँमा रहेको एउटै टोलका रहेको अनमि बष्टिले वताईन् । स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा सबैमा एकैखाले लक्षण तथा चिन्ह रहेको स्वास्थ्यकर्मीले वताएका छन् । बालवालिकामा १ सय २ देखी १ सय ३ डिग्री सम्म ज्वरो आएको, शरिभरि बिमिरा रहेको, खोकी लाग्ने नाकमा सिगान बग्ने जस्ता लक्षण देखा परेको स्वास्थ्य केन्द्रले वताएको छ । गाउँमा अन्य बाललिकामा यस्तो रोग देखा परेकोे स्थानियले वताए । विगत ५ दिन देखी यो रोग देखीरहेको छ ।
एउटै टोलका ७ जना वालवालिकामा दादुरा रोगको जस्तो लक्षण चिन्ह देखा परेकोले नगरपालिकालाई जानकारी गराइसकेको स्वास्थ्य केन्द्रले वताएका छन् । बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहका अनुसार दादुरा जस्तो रोग फेला परेको जानकारी आएको वताए । बिहिवार नगरपालिका बाट स्वास्थ्यकर्मीको टोली पठाएर चेकजाँचका लागि धनगढी प्रयोगशालमा पठाउने शाहले वताएका छन् ।
स्वास्थ्यकर्मीले भने अनुसार दादुरा हुन सक्ने छ, चेकजाँच गर्दा सम्म यो रोग हो भन्न नसकिने बुढिगंगा नगरपालिकाले वताएको छ । थप सर्न नदिनका लागि समुदाय स्तरमा जनचेतना फैलाउने काम भएको संयोजक शाहले वताएका छन् ।
दादुरा स्वासप्रस्वासको माधय्म बाट सर्ने र सजिलै फैलिने खालको रोग हो । यो मिजल्स भाइरसले गराउँछ । दादुरा विकासोन्मुख देशहरुमा पटक पटक देखिने र फोक्सो तथा मस्तिस्कमा संक्रमण गरि ज्यान जोखिममा पार्ने घातक रोग रहेको स्वास्थ्यकर्मीले वताए । दादुरा भएका व्यक्तिहरुले दादुराका लक्षण (ज्वरो, डाबर) देखिनु २ दिन अघि र ५ दिन पछि पनि अरुलाई रोग सार्न सक्छन् ।
दादुराको खोप नलगाएका व्यक्तिहरु, रोग प्रतिरोधात्मक शक्ति काम भएका (अबुर्द रोगका बिरामी, एड्सका बिरामी र लामो समय स्टेरोइड सेवन गरेका बिरामी), ९ महिना भन्दा कामका शिशुहरु जसमा आमाको गर्भ बाट प्राप्त रोग प्रतिरोधात्मक शक्ति कम छ तथा गर्वततीहरु दादुरा रोगको बढी जोखिममा हुन्छन् ।
दादुराले फोक्सोको संक्रमण (निमोनिया), मस्तिस्कको संक्रमण (इन्सेफलाइटिस), मुटुको संक्रमण, कलेजोको संक्रमण (हेपाटाइटिस), मिर्गौलाको संक्रमण, कानको संक्रमण, आँखाको संक्रमण र रगतमा प्लेटलेटको मात्रा कम गराई रगत बग्ने समस्या ल्याई ज्यान जोखिममा पार्दछ ।
नेपाल सरकारबाट निशुल्क प्रदान हुने दादुराको खोप ९ महिना र १५ महिना उमेरका बालबालिकालाई २ डोज लगाए यसबाट हुन सक्ने जोखिम निर्मुल पार्न सकिन्छ । यसको खोपले जीवनभरी रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्छ ।

चर्चामा

सम्बन्धित समाचार