बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा एसईईका लागि १५ वटा परीक्षा केन्द्रहरु तोकिए (नामसहित)

बाजुरामा एसईईका लागि १५ वटा परीक्षा केन्द्रहरु तोकिए (नामसहित)

  • मङ्लबार, फाल्गुन १६, २०७९
बाजुरामा एसईईका लागि १५ वटा परीक्षा केन्द्रहरु तोकिए (नामसहित)

  टेक बहादुर बुढा, बाजुरा   –    आगामी चैत १७ गतेबाट संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि बाजुरामा १५ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् ।

शिक्षा विकास तथा  समन्वय इकाई बाजुराले आगामी चैत १७ गते बाट एकैसाथ संचालन हुने एसईई परिक्षाका लागि जिल्लाभरका ९ वटै पालिकामा १५ वटा परीक्षा केन्द्र तोकिएकाे जनाएकाे छ ।

यस वर्ष बाजुरामा नियमित तर्फ २ हजार ९ सय ८९ र ग्रेडवृद्धि तर्फ ८७ गरी कुल ३ हजार ७६ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका अनुसार एसइई परीक्षामा १ हजार ५ सय ८१ छात्र र छात्र १ हजार ४ सय ९५ जना गरी कुल ३ हजार ७६ जनाका लागी १५ वटा परीक्षा केन्द्र तोकिएका हुन् ।

एसईई परीक्षाका लागि गत वर्ष बाजुरामा १६ वटा परीक्षा केन्द्र ताकिएको मा यस वर्ष भने १५ वटा   मात्र परीक्षा केन्द्रहरु तोकिएकाे शिक्षा विकास तथा  समन्वय इकाई बाजुराले जनाएकाे छ । 

चर्चामा

सम्बन्धित समाचार