बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा :- मृगौला पिडित २२ बर्षयी छोरा बचाउन जौमतीको हारगुहार (भिडीयो सहित)

बाजुरा :- मृगौला पिडित २२ बर्षयी छोरा बचाउन जौमतीको हारगुहार (भिडीयो सहित)

  • शनिबार, फाल्गुन १३, २०७९
बाजुरा :- मृगौला पिडित २२ बर्षयी छोरा बचाउन जौमतीको हारगुहार (भिडीयो सहित)

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका २ बजेडि बस्ने रामप्रसाद जैशि पैसा नहुदा जिवनमरणको दोसाधमा रहेका छन् । दुबै मृगौला फेल भएका रामप्रसाद पैसा नहुदा अलपत्र परेको मदनराज जोशीले वताएका छन् । उनि भक्तपुरको एक कोठामा मृत्यु सँग जुधिरहेका छन् ।
उनले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका छन् । उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले वताएको छ । हप्ताको दुइपटक अस्पतालले डाइलोसिसको निशुल्क गरेको छ । कहिलेकाँही तिनपटक सम्म गनुपर्ने भएकाले थप पैसा लाग्ने गरेको छ । उनले लामो समय सँगै औषधि गरिरहेकाले स्वास्थ्य निकै कमजोर रहेको छ । रगत दिएर उनको ज्यान जोगिरहेको छु ।
अस्पतालले दुइपटक डाइलोसिस निशुल्क गरेको भएपनि अन्य औषधि, खाना र थप डाइलोसिस गर्नलाइ पैसा नहुदा समस्यामा परेका छन् । रामप्रसादको ८ बर्ष देखि मृगौलामा समस्या भएको थियो । ६ बर्ष सम्म औषधि सेवन गरेका थिए । औषधिले काम गर्न छोडेपछि २ बर्ष देखि डाइलोसिस गरिरहेको आमा जौमति देवि जैशीले वताएकि छन् । अहिले सम्म त हारगुहार गरेर ज्यान बचाएको छु, अब भने छोरालाइ बचाउन नसक्ने अबस्थामा पुगेको आमाले वताईन् । गाउँका दाइभाइका सहयोगले अहिले सम्म छोरा बचाएको उनले वताईन् ।
रामप्रसादले रुदै भने कुनै दिन त जिवनदान गर्न खोज्छु तर आमाको मुख हेरेर बाँचेको छु । आमा पनि छोराको बेहाल देख्दा बिरामी रहेकि रामप्रसादले वताए । कक्षा १२ पढेका रामप्रसाद पढाइमा निकै अब्बल थिए । आफु सँगका सबै लोकसेवा पास गरेर जागिर खाएका छन्, मेरो पनि सरकारी जागिर खाएर आमालाई खुशी बनाउने सपना अधुरो रहेको रामप्रसादले वताए ।
रामप्रुसादका बुवा १७ बर्ष पहिले बुधे जैशी पहिले नै मृत्यु भएको थियो । आमा जौमति पनि शारिरिक रुपमा अशक्त रहेकी छन् । छोरा बचाउनका लागि आमा अहिले काठमाडौमा भौतारिरहेकी छन् । दैनिक खाना खर्च, अस्पताल लिन ल्याउने खर्च र कोठामा भाडा तिर्ने पैसा नहुदा समस्या परेका छन् । भएको सम्पत्ति सबै छोराको उपचारमा सकेपछि अब छोरा बचाउने केही उपाय नभएको जौमतीले वताईन् ।
घरमा आमा र छोरा मात्र रहेका छन् । छोराको उपचार गर्नका लागि कतै रिन खोजौ भने तिर्ने कोही नभएर रिण पाउने नगरेको जौमतिले वताईन् । जौमती आफु मरेर छोरा बचाउन चाहान्छन्, छोरालाइ मृगौला दान गर्न तयार छु, तर पैसा नहुदा समस्या भएको छ । पैसा नहुदा मोवाइल धरौटि राखेर औषधि समेत गरेका थिए ।
छोरालाइ आमाले मृगौला दिन तयार छन् । रगत जाँच गर्दा आमाको रगत समुह मिलेको छ । तर मृगौला प्रत्यारोपण गर्ने कहिले हो कहिले हो । छोरालाई मृगौला प्रत्यारोपण गर्ने पालो कुर्दा सम्म छोरा बचाउन हारगुहार गरिरहेकि छन् । छोरा बचाउनलाइ सबैलाइ आग्रह गरेकि छन् । सहयाेगका लागि तपशिल अनुसार सम्पर्क गर्नसक्नु हुनेछ ।

सम्पर्क: बिरामी – राम प्रसाद जैशी 
खाता न : 01718758090 सिद्दार्थ बैक (Siddhartha Bank)
सम्प्रक न: 9843929237

चर्चामा

सम्बन्धित समाचार