शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • आगोले जलेकी बाजुराकी सुर्पना दमाइ उपचार अभाबमा अलपत्र (भिडीयो सहित)

आगोले जलेकी बाजुराकी सुर्पना दमाइ उपचार अभाबमा अलपत्र (भिडीयो सहित)

  • मङ्लबार, फाल्गुन १६, २०७९
आगोले जलेकी बाजुराकी सुर्पना दमाइ उपचार अभाबमा अलपत्र (भिडीयो सहित)

टेक बहादुर बुढा–आगाले जलेकी बाजुराको जगन्नाथ गाउँपालिका ६ तल्लोकाप्री बस्ने ३९ बर्षिय सुर्पना दमाई उपचार अभाबमा अलपत्र छन् । उनकोम आगोमा परेर उनले दायाँ हात खुट्टा जलेको थियो ।
खुट्टा सामान्य जलेको थियो, खुट्टा सञ्चो भइसकेको छ । हात भने धेरै जलेकोले घाउ सञ्चो नभएर अहिले घाउ पुरै पाकिरहेको सहकर्मी समाज नामक गैरसकारी संस्थामा कार्यरत सामाजिक परिचालिका सुर्जा बुढाले वताईन् । पैसा नहुदा सुर्पनाले गाउँमै सामान्य औषधि गरेपनि उनको जलेको भागमा संक्रमण फैलदै गएको बुढाले वताईन् ।
दुबै आँखा नदेख्ने सुर्पनाको खान पकाउने बेला चुलोमा परेर हात जलेको थियो । हातका औलाहरु पुरै पाकेर गनाइरहेका छन् । दुखाइले निकै छट्टपट्टि गरिरहेकी छन् । काठमाडौ त धेरै टाढाको बिषय हो, मार्तडी सम्म जाने पैसा नहुदा उनि गाउँमै अलपत्र अबस्था रहेकि छन् । स्थानिय हिरा बहादुर रोकायाले भने उनको अबस्था हेर्दा निकै जोखिम रहेको वताए ।
दुबै आँखा देख्न नसक्ने भएकाले उनलाइ उपचारमा जान पनि निकै समस्या भएको छ । सुर्पना भन्छन्, आफुलाइ बचाइदिन सबै सँग हारगुहार गरिहेकी छन्, तर उनको हारगुहार कसैले पनि नसुनिदिएको स्थानियले वताएका छन् । जलेको घाउमा संक्रमण मात्र नभइ पुरै हातमा संक्रमण फैलिएर उनि भौतारिरहेकी छन् ।
उनका श्रीमान जैमन दमाइ जेठी श्रीमतीलाइ उपचार गर्न मंसिर महिनामा काठमाडौ तिर आएका छन् । जेठी श्रीमतीको मृगौलामा समस्या भएको भन्दै उपचारका लागि काठमाडौ पुगेका थिए । जैमन पनि अशक्त तथा बिरामी रहेका छन् । जेठी श्रीमतीलाइ उपचारमा काठमाडौ ल्याएपनि कान्छि श्रीमती भने गाउँमै जलेर अलपत्र अबस्था रहेकी छन् । जेठी श्रीमतीलाइ रिन काढेर उपचारमा ल्याएपनि उनको पनि उपचार हुन सकेको छैन् ।
सुर्पनाका श्रीमान भन्छन्, उता कान्छि श्रीमती जलेर अलपत्र परेको खबर आएको छ, उता जेठी श्रीमती ल्याएर आए यहाँ पनि पैसा नहुदा उपचार गर्न नसकेको वताउछन् । कान्छि श्रीमतीलाइ काठमाडौ ल्याएर उपचार गर्ने थिए, पैसा नहुदा अलपत्र परेको वताए ।
सुर्पना दमाई अहिले दुइवटै आँखा नदेख्ने भएकी छन । २०७९ असार महिना देखि एकाएक आँखा नदेख्ने भएकी थिइन् । टाउको बिरामी रहेकी थिइन्, त्यहि कारण हो वा अन्य कारणले हो असारमा एकाएक आँखा नदेख्ने भएको स्थानियले वताए । आँखा नदेख्ने भएकाले उनि चुलोमा परेर जलेको स्थानियले वताए ।
एकातिर उपचार अभाबमा अर्को तिर उनको परिवारमा चरम खाद्य संकट भएको छ । तिन छोरा र सुर्पना गरि चारजना परिवारमा दैनिक छाक टार्न पनि निकै धौ धौ भएको छ । आँखा नदेख्ने भएपछि सुर्पना दमाई दिशापिसाब शरिरमै गर्ने गरेकी छन् । सुर्पनाको माइती कालिकोट हो, कालिकोटमा माइतिको पनि आर्थिक अबस्था निकै कमजोर रहेको छ ।
गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीले भने सुर्पनाको बारेमा पालिका कुनै जानकारी नभएको वताए । उनको अबस्था बुझेर उनलाइ उपचारमा सहयोग गर्ने वताए ।

चर्चामा

सम्बन्धित समाचार