बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • ९ बर्षदेखि बार्जुगाड लघु जलविद्युतकाे हिसाबकिताब अलपत्र

९ बर्षदेखि बार्जुगाड लघु जलविद्युतकाे हिसाबकिताब अलपत्र

बर्षाै देखि एउटै समिति

  • शनिबार, फाल्गुन १३, २०७९
९ बर्षदेखि बार्जुगाड लघु जलविद्युतकाे हिसाबकिताब अलपत्र

टेक बहादुर बुढा/बाजुरा– खप्तड छेडेदह गाउँपालिका ३ मा रहेकाे बार्जुगाड लघु जलविद्युत समितिमा आयव्ययकाे लेखाजोखा तथा सार्वजनिक सुनुवाइ ९ बर्ष देखि अस्तव्यस्त अवस्थामा रहेको छ । शुरुमा दुईपटक लेखाजोखाकाे सार्वजनिक सुनुवाइ गरेकाे थियाे । त्यसपछि नाै बर्ष देखि अहिलेसम्म लेखाजोखाकाे सार्वजनिक गरेकाे छैन् ।

समितिमा साधारणसभा गर्न नसक्दा बर्षाै देखि एउटै समितिले कामकाज चलाइ रहेकाे छ । व्यवस्थापन समितिले अधिबेशन तथा साभारणसभा गर्न नचाहेको र आफु पनि हट्न नखाेजेकाे आराेप छ । जलविद्युत व्यवस्थापन समितिको अघिल्लो बैठक पनि बसेकाे थियाे । साधारणसभा गरेर समिति विघटन गर्ने भने पनि अहिलेसम्म गर्न सकेका छैनन् । उक्त समितिले अहिले सम्म जलविद्युतकाे आयव्यय समेत सार्वजनिक गर्न नसकेकाे स्थानियले वताए ।

समिति परिवर्तन हुन नचाहेको र यसमा उपभोक्ताहरुले समेत चासाे दिन सकेका छैनन् । समितिमा आयव्ययकाे लेखाजोखा तथा सार्वजनिक सुनुवाइ नहँदा लामाे समयदेखि काम गरेबापतकाे तलब नपाएको अपरेटर तुल बहादुर खड्काले गुनासो गरेका छन । यस बिषयमा पटकपटक कुरा उठेता पनि अहिलेसम्म कसैले केहि वास्ता नगरेकाे अपरेटर खड्काको भनाइ रहेको छ । बिद्युतगृह समेत जिर्ण अवस्थामा छ । जलविद्युत समितिमा पनि राजनीतिक पुर्वाग्रह सिर्जना भएको सर्वसाधारणले आराेप लगाएका छन ।

२०७१ सालमा विद्युत प्रवाह शुरु गरेको आयोजनाबाट ४० किलोवाट बिजुली उत्पादन हुन्छ । उक्त जलविद्युतकाे क्षमता भन्दा बढी खपत हुँदा पटकपटक ब्यारिङ जाने गरेकाे छ । गाउँमा बिजुली कहिलेकाही जल्ने र जले पनि एउटा माेबाइल समेत चार्ज नहुने गरेको त्याँहाका स्थानीयहरुकाे भनाइ रहेकाे छ । लामाे समयसम्म समितिको लापरबाही र बेवस्ता हुँदा पनि कसैले चासो राखेका छैनन् । उक्त जलविद्युत गाउँपालिकाकाे ३ र ४ वडा सम्म जडान गरिएको छ । यसमा वडाले पनि अहिलेसम्म केही चासो राखेकाे छैन ।

जलविद्युमा व्यवस्थापन समितिकाे चरम लापरवाहीमा स्थानीय सरकार जानकार हुँदा पनि अहिलेसम्म केही गर्न सकेकाे छैन । वडा नंः ४ का वडा अध्यक्ष दल बहादुर धामीले भने आफुले पटकपटक समितिलाई साधारणसभा राख्न अनुरोध गरे पनि उनिहरुले त्यसको बेवास्ता गरिरहेका बताए । समितिको लापरबाहीमा उपभोक्ताले पनि चासाे नराखेकाले सबैले गम्भीर भएर लाग्नु पर्ने वडा अध्यक्ष धामीले बताएका छन । यता वडा नंः ३ का वडा अध्यक्ष बिर्क बहादुर रावतले भने आफुले समितिलाई जिम्मेवार हुन भन्दै पटकपटक कुरा राखे पनि उनिहरुले चासाे नराखेको बताए ।

जलविद्युतका लागि वडाबाट गर्न सकिने काममा कुनै कसुर बाँकी नराख्ने र अहिले वडाबाट १० लाख बजेट पनि छुट्याएको वडा अध्यक्ष रावले बताए । बार्जुगाड लघुजलविद्युतका व्यवस्थापक पुर्णा धामीले भने गाउँमा पैसा उठाउन जाँदा पनि समितिले आयव्ययकाे लेखाजोखा तथा सार्वजनिक नगरेको र बिजुली पनि पावर आदैनन् भन्दै पैसा नदिने गरेका बताएकी छन । उनले भने समितिका अध्यक्षले आयव्ययकाे लेखाजोखा तथा सार्वजनिक सुनवाइ गर्ने भन्दै सम्पूर्ण लेखाजोखा मागे पनि अहिलेसम्म केही नगरेकाे बताइन ।

यस बिषयमा व्यवस्थापन समितिका अध्यक्ष जीवन रावतले भने व्यवस्थापकहरुले आफुलाई कुनै लेखाजाेखा पनि नदिएकाे र अब बिद्युतलाई सहकारीमा जाेड्ने बित्तिकै सम्पूर्ण आयव्यय लेखाजोखाकाे सार्वजनिक गर्ने बताएका छन । उक्त बिद्युत करिब नाै बर्ष बितिसक्दा पनि स्थायी रुपले चल्न सकिरहेको छैन ।

उक्त जलविद्युतकाे नहर सडककाे माथि रहेकाले बर्षातकाे समयमा नहर भत्किने र हिँउदमा पानी नपुग्ने हुँदा अस्थायी बिद्युत झै भएको त्याँहाका नागरिकहरुकाे टिप्पणी छ । उक्त बिद्युतकाे क्षमता भन्दा बढि खपत भईरहेकाले पटकपटक बिद्युत अबरुद्ध हुदै आएकाे छ । अहिले पनि ब्यारिङ ( ट्रान्सर्फमर ) गएर बिजुली अबरुद्ध भएको करिब एक महिना भन्दा बढि बितिसकेको छ । बिजुली नबल्दा अहिले अन्धकारमा बस्नु परेको त्याँहाका स्थानीयहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार