शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिक्षा
  • परिक्षा केन्द्र टाढा हुँदा बिद्यार्थीेले कोठा लिएर बस्नु पर्ने बाध्यता

परिक्षा केन्द्र टाढा हुँदा बिद्यार्थीेले कोठा लिएर बस्नु पर्ने बाध्यता

  • मङ्लबार, फाल्गुन १६, २०७९
परिक्षा केन्द्र टाढा हुँदा बिद्यार्थीेले कोठा लिएर बस्नु पर्ने बाध्यता

टेक बहादुर बुढा, बाजुरा –  चैत १७ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईई नजिकिएसंगै बिद्यार्थीहरुले कोठा बनाएर बस्न सुरु गरेका छन ।

परीक्षाका लागि परीक्षा केन्द्रहरु टाढा भएकाले बिद्यार्थीहरुले कोठा लिएर बस्न सुरु गरेका हुन । जिल्लाका पुर्वी उत्तरी भेगमा रहेका हिमाली गाउँपालिका जगन्नाथ गाउँपालिका, स्वामीकार्तीक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका लगाएतका अन्य गाउँपालिमा एसईई परीक्षा नजिकिएसंगै बिद्यार्थीहरुले कोठा लिएर बस्न बाध्य भएका छन ।

खप्तड छेडेदह गाउँपालिका १ काँडा भवानी माध्यमिक बिद्यालयमा अध्यायनरत छात्र बिशाल रावलले भने यहाँ बाट हिडेर जान एक दिन लाग्ने भएकाले कोठा लिएर बस्न बाध्य भएको बताएका छन । रावलले भने यसरी कोठा लिएर बस्दा घरको आर्थीक अवस्था कमजोर भएकाले निकै समस्या हुने गरेको बताएका छन ।
त्यस्तै खापरदेवस्थली मा.विका प्रधानाध्यापक चन्द्र बहादुर थापाले भने एसईई परीक्षा केन्द्रहरु टाढा हुँदा दुर्गम जिल्लाका बिद्यार्थीहरुले विभिन्न समस्याहरु खेप्दै परीक्षा दिनुपर्ने बाध्यता रहेको बताएका छन । घरको आर्थिक अवस्था मध्यनजर गर्दै बिद्यार्थीहरुले कोठा लिएर बस्नु पर्ने बाध्यताको अन्त्य गर्न परीक्षा केन्द्र थप गर्नुपर्ने कुरामा प्रधानाध्यापक थापाले जोड दिएका छन ।

यता शिक्षा विकास तथा समन्वय इकाई बाजुराले भने सोमबार परीक्षा केन्द्रहरु सार्वजनिक गरिसकेको जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्क बहादुर सिंहले भने गत बर्ष बाजुरामा एसईई परीक्षाका लागि १६ वटा परीक्षा केन्द्र तोकिएका थिए भने यस बर्ष जिल्ला भर १५ वटा मात्र परीक्षा केन्द्र तोकिएका इकाई प्रमुख सिंहले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार