बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा उद्योग बाणिज्य संघद्धारा बजार बन्द

बाजुरा उद्योग बाणिज्य संघद्धारा बजार बन्द

  • बुधबार, फाल्गुन १७, २०७९
बाजुरा उद्योग बाणिज्य संघद्धारा  बजार बन्द

 बाजुरा  –    उद्योग बाणिज्य संघ  बाजुराले अाज  बाजुराका सबै बजारहरु बन्द गर्ने भएकाे छ ।  बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिका विरुद्ध   मार्तडीमा आन्दोलन सहित २ घण्टा बजार बन्द गर्न लागेको हो ।

बैक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण व्यवसाय नै धरापमा परेको भन्दै बाजुरा उद्योग बाणिज्य संघले बाजुराका उद्योग, ब्यवसायहरु बन्द गर्न बताइएकाे छ ।   १७ गते देखि १९ गते सम्म   दिउसाे  १२ बजे देखि २  बजेसम्म सदरमुकाम मार्तडी  लगायत जिल्लाभरका  बजारहरु बन्द गर्ने  उद्याेग बाणिज्य संघ बाजुराका अध्यक्ष देव  बहादुर राेकायाले बताएका छन ।  स‌घको कार्यलय, गैरि बजार ,माथिल्लो बजार ,जिल्ला प्रशासन कार्यालय, न्यु रोड हुँदै  त्रिवेणी चोक अगाड़ी कोण सभा गरेर विरोध गर्ने अध्यक्ष  राेकायाले बताए ।  त्यस्तै १८ गते  जिल्लामा रहेका सम्पूर्ण बै‌क तथा बित्तिय संस्थाहरुमा निक्षप जम्मा नगर्न र २० गते सम्पूर्ण कार्यक्रम समर्थन तथा  एक्यबद्धता सहभागीहरुकाे स‌ंयुक्त बैठक बसि थप निर्णय  लिने  बताइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार