शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • पैसा अभाबमा मृत्यु सँग जुधिरहेकी बुढिगंगा की १८ बर्षिय कुन्ति नेपाली

पैसा अभाबमा मृत्यु सँग जुधिरहेकी बुढिगंगा की १८ बर्षिय कुन्ति नेपाली

  • आइतवार, फाल्गुन १४, २०७९
पैसा अभाबमा मृत्यु सँग जुधिरहेकी बुढिगंगा की १८ बर्षिय कुन्ति नेपाली

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका ९ बस्ने १८ बर्षकी कुन्ति नेपाली आर्थिक अभाबमा मृत्यु सँग जुधिरहेकि छन् । अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले सुबिधा सम्पन्न अस्पतालमा रिफर गरेको भएपनि उनि सँग पैसा नहुदा अस्पतालको शैय्यामा मृत्यु सँग लडिरहेको अस्पातलका कर्मचारी दिपक बिष्टले वताएका छन् ।
क्षयरोग बाट निकै ग्रसित रहेकि कुन्तिको शरिर भरी संक्रमण फैलिएको अस्पतालले जनाएको छ । अस्पतालले धनगढी, नेपालगञ्ज तथा काठमाडौ जाने भनेको भएपनि पैसा नहुदा अस्पतालमामै अलपत्र अबस्थामा रहेकी छन् । गाउँलेको सहयोगमा कुन्तिलाइ अछामको बयलपाटा अस्पताल पुयाएका थिए ।
कुन्ति नेपाली बुवा रङ्ग नेपालीको क्षयरोगका कारणले मृत्यु भएको थियो । आमा पनि अहिले क्षयरोग बाट ग्रसित रहेकी छन् । बुवा रङ्ग नेपालीले उपचार गर्न नसकेर मृत्यु भएको थियो । आफु पनि पैसा नपाएर अहिले उपचार अभाबमा मृत्यु सँग लडिरहेको वताईन् ।
आमाले क्षयरोगको औषधि खाइरहेको भएपनि शारिरिक रुपमा कमजोर छन् । बुवाको मृत्यु भइसक्यो, आमा आफै बिरामी छन्, उपचार गर्ने पैसा कहाँ बाट पाउनु कुन्तिले वताईन् । कुन्तिको शरिरमा पुरै संक्रमण फैलिएकोले शरिरमा रगतको कमि भएर रक्तअल्पता र कुपोषणको शिकार बनेकी छन् । औषधि खाइरहनु पर्छ, पोषिलो खानेकुरा नपाउदा शरिर कमजोर हुदै आएको उनले वताईन् ।
क्षयरोगको औषधि राज्यले निशुल्क दिने गरेको छ । कुन्तिले क्षयरोगको औषधि खाएर मात्र हुदैन्, अन्य उपचार गनुपर्ने भन्दा अस्पतालले रिफर गरेको एक हप्ता भइसकेको छ । पैसा छैन् भनेर अस्पतालमै छन्, थप उपचारका लागि अन्यन्त्र नलिएर कुन्तिको ज्यान जोखिममा बनेको बयलपाटा अस्पतालले बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार