एनटीभीका पाँचवटै च्यानलको प्रशारण अवरुद्ध
नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ । सोमबार दिउँसो २ ३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरीको प्रशारण अवरुद्ध भएको हो । एनटीभीका अध्यक्ष समीरजंग शाहले प्रशारण अवरुद्ध भएको विषयमा जानकारी लिइरहेको बताए । ‘ यो विषयमा बुझ्दैछौं’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।