शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराबाट १८ बर्षिय गर्भवतीको हवाइ उद्धार

बाजुराबाट १८ बर्षिय गर्भवतीको हवाइ उद्धार

  • आइतवार, कार्तिक २७, २०७९
बाजुराबाट १८ बर्षिय गर्भवतीको हवाइ उद्धार
फाइल फाेटाे

बाजुरा–सुत्केरी हुन नसकेकि १८ बर्षिय एक गर्भवती महिलाको बाजुरा बाट हवाइ उद्धार गरिएको छ । बाजुराको जगन्नाथ गाउँपालिका ५ बस्ने अस्मिता दमाइलाइ नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरिएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
सुत्केरी ब्यथा लागेको अस्मितालाइ कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र आफन्तले ल्याएका थिए । प्राथमिक स्वास्थ्य केन्द्र सुत्केरी गराउन नसकेपछि उनलाई रिफर गरिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
अस्मिता दमाईलाइ राष्ट्रपति महिाल उत्थान कार्यक्रम अन्र्तगत उद्धार गरिएको साहयक प्रमुख जिल्ला अधिकारी लोकन्द्र बिष्टले वताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कोेल्टिको सिफारीका आधारमा हवाइ उद्धारका लागि जिल्ला प्रशासन कार्यलयले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पत्रचार पछि गर्भवती महिलाको उद्धार भएको बिष्टले वताए ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुती सेवा सञ्चालन नहुदा सुत्केरी हुन नसकेकि गर्भवती महिलालाइ उद्धार गरिदै आएको छ । बाजुरामा ३ बर्ष यता ९ जना सुत्केरीको मृत्यु भइसकेको छ ।
गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए । अर्को सुत्केरी भएको बेला आराकम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए ।

चर्चामा

सम्बन्धित समाचार