• होमपेज
  • समाज
  • बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

  • बुधबार, मंसिर ७, २०७९
बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण भएको प्रमुख जिल्ला अधिकारिले वताएका छन् । जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलय बाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार सर्वदलिय बैठक सकेर जिल्ला प्रशासन कार्यलय बाजुरा जाने आन्दोलनकारी आक्रमण गरेको वताए । सर्वदलिय बैठक सकेर मुख्य निर्वाचन अधिकृतको कार्यलय बाहिर निस्कदा गेटमा अनेरास्वीयुका कार्यकताले प्रहरी प्रशासन बिरुद्ध नाराबाजि गरिरहेका थिए । चेतन अयडिकाे हत्याराकाे प्रक्राउ गरि निश्पक्ष छानबिनकाे माग गर्दै अनेरास्वियुले आन्दाेलन गरिरहेकाे थियाे । आन्दाेलनकारीले प्रहरि प्रशासन बिरुद्ध नाराबाजि गरिरहेका थिए ।
उक्त भिडले लोकतान्त्रिक चोकमा पुगेपछि प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल, नेपाल प्रहरी, शसस्त्र प्रहरीका एसपी, डिएसपी तथा सुरक्षा प्रमुख माथि आक्रमण गरेको प्रमुख जिल्ला अधिकारीले वताएका छन् । ढुगांमुढा प्रहार सँगै कालो मुसो समेत फाल्ने काम भएको प्रमुख जिल्ला अधिकारीले वताएका छन् । लोकतान्त्रिक चोकमा टायर बालेको कालोमुसो फालेका थिए । सिडियो, सुरक्षा निकाय माथि आक्रमण गर्नेको खोजि कार्यभइरहेको नेपाल प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार