शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा क्रियाकाज गरिसकेका श्रीमान १९ बर्षपछि घर फर्केपछि…………..

बाजुरामा क्रियाकाज गरिसकेका श्रीमान १९ बर्षपछि घर फर्केपछि…………..

  • मङ्लबार, कार्तिक २९, २०७९
बाजुरामा क्रियाकाज गरिसकेका श्रीमान १९ बर्षपछि घर फर्केपछि…………..

बाजुरा–प्राय क्रियाकाज अब मान्छे यो संसारमा छैन् अथवा मृत्यु भएपछि हिन्दु धर्ममा गर्ने गरिन्छ । क्रियाकाजा गरिसकेपछि अब त्यो मान्छे आउने आश हुदैन् । तर बाजुरामा क्रियाकाज गरेका एक पुरुष १९ बर्षपछि गाउँ पुगेका छन् ।
खप्तडछेडदह गाउँपालिका ७ लमगाउँ बस्ने ४६ बर्षिय जित बहादुर रावत बेपत्ता भएको १९ बर्षपछि घर पुगेका छन् । १९ बर्ष पहिला घर बाट हराएका जितलाई परिवार तथा गाउँलेले धेरै ठाउँमा खोजे । नेपाल मात्र नभइ भारतका बिभिन्न शहरमा समेत खोजे प्रहरीलाई खबर गरे तर उनि कतै नभेटाएपछि गाउँमा उनको क्रियाकाज गरिसकेका थिए ।
केही समय सम्म त पाउने आशमा खोज खबर गरयौ, लामो समय सम्म सम्पर्कमा नआएपछि हिन्दु परम्परा अनुसार काजक्रिया गरेको स्थानिय ताल बहादुर रावतले वताए । जितको काजक्रिया गरेपछि उनकि श्रीमति सुर्जा रावत सरकार बाट सामाजिक सुरक्षा भत्ता तथा एकल भत्ता बुझ्ने गरेकि थिईन् ।
सुर्जाले भनिन्, श्रीमानको धेरै खोज खबर गरयौ, कतै नभेटिएपछि क्रियाकाज गरेर मृत्युदर्ता गरेका थियौ । मृत्यु दर्ता पछि एकल भत्ता खादै आएको उनले वताईन् । १९ बर्षपछि श्रीमान आउदा निकै खुशी भएका छौ, हामीले अब फेला पर्ने आश मारिसकेका थियौ, एकाएक घर पुग्दा बास्तिविक होकी सपना जस्तै भएको सुर्जाले वताईन् ।
जितका गोबिन्द रावत र कमला रावत गरि दुइ छोराछोरी रहेका छन् । दुबैले विवाह समेत गरिसकेका छन् । धेरै समय सम्म बेपत्ता भएका जित गाउँमा आउदा गाउँलेले खुशीयाली बनाएका छन् । जितले भने आफु नेपाल बाट गएर भारतको हिमाञ्चल प्रदेशमा बसेको बताए । घरफिर्ता नहुने गरि गएको थिए, तर घरपरिवार समाजको याद आएपछि १९ बर्षपछि गाउँमा फिर्ता भएको जितले वताएका छन् । यसरी क्रियाकाज गरिसकेको ब्यक्ति फेरि फेलामा परेका हिन्दु परम्पराअनुसार विवाह देखी अन्य ब्रतिबन्ध, पुजापाठ पुन गर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार