आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • पहिलो पटक कर्ण थापा र बद्रि पाण्डेबीच प्रतिस्पर्धा हुँदै

पहिलो पटक कर्ण थापा र बद्रि पाण्डेबीच प्रतिस्पर्धा हुँदै

  • बिहिबार, मंसिर १, २०७९
पहिलो पटक कर्ण थापा र बद्रि पाण्डेबीच प्रतिस्पर्धा हुँदै

बाजुरा — नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा एमाले प्रतिनिधि सभाका उम्मेदवार कर्ण बहादुर थापा र नेपाली काँग्रेसका सहमहामन्त्रि तथा प्रतिनिधि सभाका उम्मेदवार बद्रि प्रसाद पाण्डे बिच पहिलो पटक प्रतिस्पर्धा हुने भएको छ ।
पाण्डे र थापा बिच बाजुरामा प्रतिनिधी सभातर्फ रोचक भिडन्त हुने देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका दुबै प्रभावशाली व्यक्तिहरु प्रतिनिधी सभातर्फको उम्मेदवार बनेका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेबीच पहिलो पटक रोचक प्रतिस्पर्धा हुने भएको छ ।
काँग्रेस नेता पाण्डे गठबन्धनबाट उम्मेदवार बनेका छन् । भने थापा एमालेका उम्मेदवार हुन् । थापा यो सहित तेस्रो चौथो पटक चुनाव लड्दैछन् । पाण्डेको अरु दलसँगको पहिलो प्रतिस्पर्धा हो । संविधान सभा सदस्य र राष्ट्रिय सभा सदस्य बनेको अनुभव भएपनि पाण्डेसँग प्रत्यक्ष चुनाव लडेको यो नै पहिलो अनुभव हो ।
थापाले भने २०५६, २०६४ र २०७० मा चुनाव लडेको अनुभव छ । ती मध्ये २०७० को संविधान सभाको चुनाव मात्रै जितेका थिए । त्यो बेला थापाले नेपाली काँग्रेसका सभापति मनबहादुर रावतलाई पराजित गरेका हुन् । २०५६ मा पार्टी विभाजन र २०६४ मा पार्टी भित्रकै अन्तरद्वन्द्वले थापाले चुनाव हारको कारण थियो ।
प्रजातन्त्रको पुर्नरबाहली पछि भएका चुनावमा काँग्रेस एमालेले नै बाजुरामा जितेको इतिहास छ । २०४८, २०५६, २०७४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए । एक पटक जितेर संसद बनेका थापा मन्त्री बनेका थिए । भने पाण्डे दुई पटक सांसद बनेर त्यो अवसर पाएका छैनन् ।
तत्कालीन स्थानीय निकाय निर्वाचन २०४८ मा काँग्रेसले बहुमत गाविस जितेपनि २०५४ मा एमालेले जितेको थियो । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नौ मध्ये छ मा काँग्रेस र तीनमा एमालेले जितेको थियो । २०७९ मा आइपुग्दा भने ठिक उल्टो भएको छ । बाजुराका नौ स्थानीय तह मध्ये ६ पालिका एमालेले जितेको छ । भने काँग्रेस तीनमा खुम्चिएको अवस्था छ ।
यी दृश्यले पनि बाजुरामा चुनाव रोचक हुने प्रष्ट देखिन्छ । दुबै जना राजनीति विरासत र केन्द्रीय राजनीतिमा राम्रो प्रभाव राख्ने नेता हुन् । स्थानीय तहको मत संख्या हेर्दा एमालेलाई जित्न सहज भएपनि गठबन्धनको इमान्दार मत पाण्डेलाई गए त्यो थापालाई पनि सहज हुने अवस्था देखिदैन ।
२०७४ सालको प्रतिनिधी सभाको निर्वाचनमा गठबन्धन हुँदा एमालेका उम्मेदवार लालबहादुर थापाले २८०६५ ल्याएर जितेका थिए । थापा यो चुनावमा प्रदेश सभा (ख) को उम्मेदवार छन् । काँग्रेसका उम्मेदवार कविराज पण्डितले २३१८१ मत ल्याएका थिए । राप्रपाका जितबहादुर शाहीले ४६५ र १५४९ मत बदर भएको थियो।

स्थानीय तह निर्वाचन २०७९ को वडा तहको जनमत हेर्दा समाजवादी पार्टी निकै कमजोर छ । नौ वटा पालिका र ६९ वटा वडा मध्ये कुनैमा पनि समाजवादीले जित हासिल गर्नसकेको छैन । माओवादीले भने ४ वटा वडामा आफ्नो जित निकालेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ । काँग्रेस एमाले पछि दोस्रो दल बनेको छ । काँग्रेसले २४ हजार ४ सय ५७ मत पाएको छ । बाजुरामा सबैभन्दा ठूलो दल एमालेले २७ हजार ६५५ मत ल्याएको छ ।
गठबन्धन हुँदा पनि पहिलो बनेको एमालेले संघ र प्रदेश सभाको निर्वाचन पनि जित्ने दाबी गरिरहेको छ । थापा र पाण्डे बाहेक जनतापार्टीबाट रामबहादुर शाही, राप्रपाबाट जंगकुमार गिरी र स्वतन्त्रबाट टेक बडुवाल उम्मेदवार छन् । अवस्था हेर्दा थापा र पाण्डेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । दुबैका लागि जित उत्सव र अवसर हुनेछ । भने हार राजनीतिक जीवनको परीक्षा हुने देखिन्छ ।
दुबै जनाबीच राजनीति भन्दा बढी व्यवहारिक सम्बन्ध भएका उम्मेदवार चुनावी प्रतिस्पर्धाले भने वैचारिक लडाइका लागि मैदानमा भिडाएको छ । १८ वर्षको उमेरमै वाल्मिकी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का इकाई समिति सदस्य बद्री पाण्डे हुन् ।
२०४८ सालमै काँग्रेसको चुनावी प्रचारमा हिँडिसकेका थिए । यता कर्णबहादुर थापा पनि २०४८ सालमै नेपाल ल क्याम्पसको स्ववियु सभापति भइसकेका थिए । २०४८ कै निर्वाचनदेखि संगठन विस्तार र चुनावी प्रचार अभियानमा सक्रिय थिए । सक्रियता, सम्बन्ध र संगठनका हिसाबमा थापा बलिया उम्मेदवार हुन् । थापा जिल्लामा राम्रो छाप छोडेका नेताका रुपमा छन् ।

चर्चामा

सम्बन्धित समाचार