आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • दैनिक पार्टि फेर्दै बाजुराको मुक्तिकोट बासि, गरिबिको फाइदा उठाउदै उम्मेदवार

दैनिक पार्टि फेर्दै बाजुराको मुक्तिकोट बासि, गरिबिको फाइदा उठाउदै उम्मेदवार

  • बिहिबार, मंसिर १, २०७९
दैनिक पार्टि फेर्दै बाजुराको मुक्तिकोट बासि, गरिबिको फाइदा उठाउदै उम्मेदवार

बाजुरा–देशकै सबै भन्दा बढी गरिब गाउँका रुपमा रहेको स्वामिकार्तीक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा उम्मेदवारले गरिबिको फाइदा उठाइरहेका छन् । दैनिक जसो मुक्तिकोट बासि पार्टि समेत फेरिरहेका छन् ।
एमाले, काँग्रेस, समाजवादी र माओवादी गाउँमा जादा पार्टि प्रबेश गर्नेको निकै लहर चल्ने गरेको छ । नेपालको सबै भन्दा बढी गरिब गाउँ मुक्तिकोट हो । दैनिक गाउँमा प्रचारप्रसारमा आउने उम्मेदवार गरिबिको फाइदा उठाइरहेका छन् ।
गाउँमा जो उम्मेदवार तथा राजनितिक दल प्रचारप्रसारमा आउदा बिभिन्न लोभ लालच देखाएर पार्टि प्रबेश गराइरहेको स्थानिय डबल बिकले वताए । अर्को गाउँमा दैनिक भोज भोतेर हुने गरेका छन् । भोज दिने रक्सि खुवाउने गरिरहेका छन्, भोट तान्नका लागि भोज खुवाउने गरेको डबलले वताए ।
स्थानिय सौरा बिक समाजवादी, एमाले, काँग्रेस र माओवादी पार्टिका उम्मेदवार पुग्दा सबैको प्रचारप्रसारमा पुगिन् । उनले पार्टिमा प्रबेश गरेको माला सिदुर लगाउने काम गरिन् । उनको एउटै सोच थियो, कुन पार्टिमा गएपछि केही पाउँछु कि भन्ने आश थियो र बिभिन्न लोभ लालचले पार्टि परिवर्तन गर्ने गरेको सौराले वताईन् ।
मुक्तिकोटको गरिबिको फाइदा उठाउदै प्रचारमा आउने राजनितिक दल तथा उम्मेदवार बिभिन्न लोख प्रभोलन देखाउने गरेको स्थानिय डबल बिकले वताए । गाउँमा गरिबिमा दलदल छ, केही पाइन्छकी भनेर पार्टि परिवर्तन गर्ने गरेको डबलले वताए । जसले अलि खर्च गरयो उसैको पार्टिमा लाग्ने गरेको उहिले देखिको प्रचलन रहेको उनले वताए ।
स्वामिकार्तिकखापर गाउँपालिका नेपालको सबै भन्दा बढी गरिब गाउँपालिका हो । २०१५ तथा राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.१ प्रतिशत बाजुराको जनसंख्या गरिबीको रेखामुनी देखाएको छ । गरिब घर परिवार पहिचान बोर्डले २०७२ मा निकालेको प्रतिबेदनमा ७१.१ प्रतिशत गरिबि रहेको सार्वजनिक गरेको थियो । दुबैले निकाले प्रतिबेदनमा सबै भन्दा गरिब जिल्लाको रुपमा बाजुरा परिचित रहेको छ ।
मुक्तिकोट गाउँका नागरिकहरु चपेटामा परेका हुन । एक छाक टार्न नसक्ने नागरिकहरुको घरमा अहिले बिहान बेलुका पार्टीका नेताहरुले बिभिन्न आस्वासन दिने आउनेको लर्को नै लाग्ने गरेको छ । चुनाव सकेपछि कोही गाउँ आउदैनन्, तर अहिले भने गरिबी कम गर्ने भन्दै बिभिन्न आश्वासन दिने गरेको वडा नम्बर १ का जितमल बिकले वताए ।
गाउँपालिका अनुसार मुक्तिकोट गाउँका ३ सय ८ परिवारमा निकै कुपोषण दर रहेका छन् । गाँउमा ३ सय ४३ जना कुपोषित रहेको गाउँपालिकाले जनाएको छ । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा रहेका छन् ।
२ सय ४३ जना प्रजनन आमालाई मध्ये २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पालिकाका सुचना अधिकारी कुबेर बहादुर शाहिले वताएका छन् । त्यस्तै १० देखी १४ बर्ष सम्मका किशोर र किशोरीलाई जाँच गर्दा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् । १५ बर्ष देखी १९ बर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाईएको हो ।
स्वास्थ्य कार्यलय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत कुपोषित बालवालिका रहेको वताएका छन् । मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजन को साधन को प्रयोग न्यून रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार