बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • अस्तब्यस्त बाजुरा, आफन्तले बुझेका छैनन् शव

अस्तब्यस्त बाजुरा, आफन्तले बुझेका छैनन् शव

  • बुधबार, मंसिर ७, २०७९
अस्तब्यस्त बाजुरा, आफन्तले बुझेका छैनन् शव

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ मा भएको घटनाको बिषयलाइ लिएर बाजुरा अस्तव्यस्त बनेको छ । तिन दिन देखी बाजुरा बन्द रहेको छ । मृत्यु भएका २ जनाको शव अस्पताल बाजुराको शव गहृमा रहेका छन् । आफन्तले शव बुझ्न मानेका छैनन् ।
काँगे्रस कार्यकर्ता बाट कुटपिट पछि मुत्यु भएका ३२ बर्षिय चेतन अयडिको शव पोष्टमार्टम भएपनि शव आफन्तले बुझेका छैनन् । हत्यामा संलग्न प्रक्राउ नगर्दा सम्म शव नबुझने आफन्तले अडान राखेका छन् ।
त्यस्तै सुरक्षाकर्मीको गोलि लागेर मृत्यु भएका सञ्जिव अयडिको शव अस्पतालको शवगृहमा राखिएको छ । आफन्तले पोष्टमार्टम गर्न समेत सहमति दिएका छैनन् । घटनाको सत्यतथ्य छानबिन सँगै क्षतिपुर्तिको माग गरेका छन् । अनेरास्ववीयु नेता अयडिको हत्यामा संलग्नको कार्यवाही माग गर्दै अनेरास्वीयु बाजुराले तिन दिन देखि बन्द गरेका छन् ।
बाजुराको सदरमुकाम मार्तडी, कोल्टि लगायतका बजार, यातायात शैक्षिक संस्था, कार्यलय बन्द रहेका छन् । त्रिवेणी ७ निकै अशान्त रहेको छ । अयडीको बिभत्स हत्या भएको गरेको भन्दै २२ जनाको नाममा जिल्ला प्रहरि कार्यलय बाजुरामा किटानी दिएको उनका आफन्तहरुले बताएका छन ।
बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको थियो । निर्घात कुटपिट गरी अयडिको मृत्यु भएको हो । चेतन अयडिको हत्यारा पत्ता लगाएर दोषि माथि कार्यवाहीको माग गर्दै अनेरास्वीयु बाजुराले बाजुरा बन्द गरेको छ ।
सोमबार बाट गरेको बन्द मंगलवार पनि जारि रहेको छ । बजार, शैक्षिक संस्था, कार्यलय, यातायात सम्पुर्ण बन्द गरेको अनेरास्वीयु बाजुराले जनाएको छ । त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको बुझिएको छ ।
त्रिबेणी ७ मा ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जिब अयडिको मृत्यु भएको थियो ।
मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तनि जना घाइते भएका थिए । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अयडी छन् । बुढिनन्नदा नगरपालिका ५ मा स्थगित भएको मतदान मंसिर १० गते हुने भएको छ । ४ गते भएको मतदानमा झडप हुदा १८ मत खसेर चुनाव स्थगित गरिएको थियो । बाजुरा अशान्त भएपछि सुरक्षा व्यबस्था निकै कडा पारिएको छ ।

चर्चामा

सम्बन्धित समाचार