सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • कर्ण थापा गाउँमा पुग्दा उर्लदो जनमत

कर्ण थापा गाउँमा पुग्दा उर्लदो जनमत

  • शुक्रबार, कार्तिक २५, २०७९
कर्ण थापा गाउँमा पुग्दा उर्लदो जनमत

बाजुरा–चुनावको दिन नजिकिदै जाँदा बाजुरा जिल्लाका राजनितिक दलले चुनाव प्रचार तथा घर भेटघाट गरिरहेका छन् । बाजुरामा एमालेका संघ र प्रदेशका उम्मेदवार यति बेला घर भेटघाटमा ब्यस्त रहेका छन् ।
एमाले प्रतिनिधि सभाका उम्मेदवार कर्ण बहादुर थापा प्रदेश .ख मा ब्यस्त रहेका छन् । थापा जनताको घरदैलोमा पुगेर जनताका सुखदुख साटासाट गरिरहेका छन् । जब गाउँमा थापा पुग्ने खबर हुन्छ, उनलाइ स्वागत तथा आफ्नो समस्या राख्ने स्थानिय पुग्छन् ।
राजनितिक प्रति बितृष्णा भइरहेका बेला तर कर्ण बहादुर थापा चुनावी प्रचारप्रसारमा गाउँमा पुग्दा उनलाइ स्वागत गर्न स्थानिय पुग्छन् । प्रदेश कमा चुनावी प्रचारप्रसारमा पनि जनतमत बटुलेका थापा प्रदेश मा ब्यस्त भइरहदा थापा प्रति जनता निकै हौसिएको नेकपा एमाले शुदुरपश्चिम प्रदेश कमिटि सदस्य लाल बहादुर ओलीले वताएका छन् ।
थापाले २०७० सालको संबिधान सभामा पनि एमाले बाट बिजय भएका थिए । थापा मन्त्रि समेत भएका हुन् । छोटो समयको कार्यकालमा थापाले जिल्लामा केही विकासका कामको शुरुवात समेत गरेका थापा प्रति जनताले आश भरोस गरिरहेका छन् ।
केन्द्रिय राजनितिक पहुँचमा राम्रो प्रभाब राख्ने थापाको केपी ओलीको सरकारमा गृहमन्त्रिको चर्चा समेत भएको थियो । थापा भन्छन्, आफु जनप्रतिनिधि हुदा होस, वा नहुदा होस सधै जनताको पक्षमा काम गरिरहेको फेरी पनि काम गर्ने प्रतिद्धता जनाएका छन् ।
बाजुरामा गठबन्धन र एमाले पक्ष बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन बाट नेपाली काँग्रेसका सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे रहेका छन् । अहिलेको समय खेतिपाति गर्ने समय हो । बाजुरामा ९५ प्रतिशत कृर्षिमा आधारीत रहेका छन् । अधिकांश मतदाता काममा ब्यस्त छन् । राजनितिक दलले मतदाताका काममा सहयोग गरदै मत माग्ने काम गरिरहेका छन् ।
थापाले भने २०५६, २०६४ र २०७० मा चुनाव लडेको अनुभव छ । ती मध्ये २०७० को संविधान सभाको चुनाव मात्रै जितेका थिए । त्यो बेला थापाले नेपाली काँग्रेसका सभापति मनबहादुर रावतलाई पराजित गरेका हुन् । २०५६ मा पार्टी विभाजन र २०६४ मा पार्टी भित्रकै अन्तरद्वन्द्वले थापाले चुनाव हारको कारण थियो ।

प्रजातन्त्रको पुर्नरबाहली पछि भएका चुनावमा काँग्रेस एमालेले नै बाजुरामा जितेको इतिहास छ । २०४८, २०५६, २०७४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए ।
गत स्थानिय तहको चुनावलाइ आधार मान्ने हो भने वडाध्यक्षहरुको मत केलाउँदा माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ । काँग्रेस एमाले पछि दोस्रो दल बनेको छ । काँग्रेसले २४ हजार ४ सय ५७ मत पाएको छ । बाजुरामा सबैभन्दा ठूलो दल एमालेले २७ हजार ६५५ मत ल्याएको छ ।

चर्चामा

सम्बन्धित समाचार