आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा गरिबि कम गर्ने साझा मुद्धा

बाजुरामा गरिबि कम गर्ने साझा मुद्धा

  • सोमवार, कार्तिक २८, २०७९
बाजुरामा गरिबि कम गर्ने साझा मुद्धा

बाजुरा–बाजुरा देशकै सबै भन्दा गरिबि जिल्ला हो । गरिबि निवारण कोषका अनुसार बाजुराको गरिबि दर ७२ प्रतिशत रहेको छ । बाजुरामा प्रमुख दलले गरिबि न्युनिकरण गर्ने मुख्य चुनावी साझा एजेण्डा बनाएर चुनावी मैदानमा गएका छन् । त्यो सगै सडकको पहुँच विस्तार स्वास्थ्य र गुणस्तरीय शिक्षालाई मुख्य चुनावी मुद्धा बनाएका छन् ।
बाजुरा मानव विकास सूचकांकमा समेत सबभन्दा पछाडि छ । एमाले र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर गरिबि न्युनिकरण गर्ने, एक घर एक रोजगार, व्यावसायिक र वैज्ञानिक खेती प्रणालीको विकास गरेर ५ बर्षमै गरिबि दर न्युन गर्ने एजेण्डाका साथ गाँउमा चुनावी प्रचारमा रहेका छन् । साथै बाजुराको स्वास्थ्य सुधारमा काम गर्ने एजेण्डा बनाएका छन् ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार गरिबीका कारण जिल्लामा ५ वर्षमुनिका ४० प्रतिशत बालबालिका कुपोषित छन् । बाह्रै महिना खान पुग्ने जनसंख्या जम्मा ४.४ प्रतिशत मात्र छ भने जिल्लाको कुल जनसंख्याको ३० प्रतिशत खाद्य असुरक्षामा छन् । यहाँको कृषि उत्पादनले वर्षको ७ महिना मात्र खान पुग्छ । यूएनडीपीका अनुसार जिल्लाका १४ प्रतिशत मानिसको ४० वर्षभन्दा कम उमेरमै मृत्यु हुने गरेको छ ।
गरिबीका कारण खाद्यन्न खरिद गर्न नसक्ने भएकाले सर्वसाधारण आधा पेट खाएर बाँच्न बाध्य छन् । यही कारण यहाँका युवा भारततीर जाने गर्छन् । ‘गरिबि दर कम गर्ने, खाद्यान्न संकट र भोकमरीको समस्या समाधान गर्न व्यावसायिक र वैज्ञानिक खेती प्रणाली विकास गर्ने हाम्रो प्रमुख एजेन्डा हो,’ एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार कर्ण थापाले भने । गठबन्धनबाट काँग्रेस प्रतिनिधिसभा उम्मेदवार बद्रि पाण्डेले पनि जिल्लामा वैज्ञानिक तथा व्यावसायिक खेतीको विकास गरी गरिबि घटाउने रहेको वताए । ‘हाम्रो पार्टीले घोषणापत्रमा बाजुरालाई न्युन गरिबिमा पुयाउने योजना अघि सारेको छ,’ उनले भने ।
जिल्लाको अर्को विकराल समस्या यातायात हो ।सडक यातायात नभएकै कारण समयमै सुत्केरी गराउन अस्पतालसम्म र्पुयाउन नसक्दा बाजुरामा तिन बर्ष यता ८ जना सुत्केरी तथा गर्भवतीको मृत्यु भइसकेको छ । अरू बिरामीसमेत स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा आउन ठूलो समस्या भोग्न बाध्य छन् । राजनितिक दलले पनि यातायातलाइ मुख्य एजेन्डाका रुपमा राखेका छन् ।
गठबन्धन र एमाले दुवै दलले जिल्लाभर यातायात र्पुयाउन खुलिसकेका ट्रयाकको स्तरोन्नति गर्ने र सदरमुकामबाट सबै स्थानीय तहसम्म लिंकरोड बनाउने एजेन्डा अघि सारेका छन् । प्रतिनिधि सभामा गठबन्धन बाट काँग्रेसका बद्रि पाण्डे र एमालेका कर्ण बहादुर थापा बिच प्रतिश्पर्धा भइरहेको छ । प्रदेश क समाजवादीका नरेश बहादुर शाही, माओवादीका कर्ण बहादुर बिक र एमालेका बल्देब रेग्मि बिच प्रतिश्पर्धा हुने भएको छ । प्रदेश ख मा काग्रेसका पदम शाहि एमालेका लाल बहादुर थपा चुनावी मैदानमा रहेका छन् । यी सबैले बाजुराको गरिबि न्युनिकरण गर्ने, एक घर एक रोजगार मुख्य एजेन्डा सहित चुनावी मैदानमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार