आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • शुदुरपश्चिम सुरक्षाका प्रमुखद्धारा बाजुरामा चुनाव लक्षित अनुगमन

शुदुरपश्चिम सुरक्षाका प्रमुखद्धारा बाजुरामा चुनाव लक्षित अनुगमन

बाजुरा अतिसंबेदनशिल जिल्लामा

  • बिहिबार, मंसिर १, २०७९
शुदुरपश्चिम सुरक्षाका प्रमुखद्धारा बाजुरामा चुनाव लक्षित अनुगमन

बाजुरा–मंसिर ४ गते हुने चुनावलाइ लक्षित गरेर शुदुरपश्चिम प्रदेशका सुरक्षा प्रमुखले बाजुरामा अनुगमन गरेको छ । स्थानिय चुनावमा बाजुराको बुढिगंगामा पहिलो चरणमा चुनावमा धाधली भएको भन्दै दोस्रो चरणमा भएको थियो ।
स्थानिय चुनावमा भएका गतिबिधि तथा बिगतका क्रियाकलापले बाजुरा अतिसंबेदनशिल जिल्लाका रुपमा रहेको छ । बाजुरामा शान्तिपुर्ण तरिकाले चुनाव सम्पन्न गर्न सुरक्षा प्रमुखले अनुगमन गरेको हो ।
नेपाली सेनाको सुदूर पश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा उपरथी विजय थापा सहितको टोलि बाजुरा पुगेको हो । अनुगमनमा सुदूर पश्चिम प्रदेश सचिव नारायण प्रसाद दुवाडी शर्मा, प्रहरी नायव महानिरीक्षक श्री मोहन आचार्य र सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक श्री विश्व कुमार भट्टराई पुगेका थिए । बाजुरा जिल्लामा मतदात केन्द्रहरुको बस्तुस्थिति बारे जानकारी लिन पुगेको सेनाले वताएको छ । बाजुराको बुढीगंगा नगरपालिका स्थित नेपाली सेनाको सुरक्षा वेशमा निरीक्षण समेत भएको थियो ।
मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न अनुमगन तथा निरिक्षण भएको नेपाली सेना श्री दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी श्री दिवाकर खड्का वताएका छन् ।
अनुगमनमा पुगेको टोलिले निर्वाचनमा खटिएका सुरक्षार्कीलाई निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गर्न परिचालन फौजलाई मार्ग निर्देशन दिएको छ । नेपाली सेनाले निर्वाचनलाई भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न अन्य सुरक्षा निकायहरुसंग समन्वयात्मक रुपमा अगाडी बढाएको छ ।
सुरक्षा संवेदनशिलताको आधारमा नेपाली सेना केन्द्रिय रिजर्भ मध्येबाट श्री नं.५ बाहिनी अड्डा साहयक रथि दिपेश जङ्ग शाहको पहलतामा बाजुरा, अछाम, डोटी लगायत अन्य क्षेत्रहरुमा विशेष फौजहरु समेत परिचालन गरिएको सेनाले वताएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, नेपाली सेना सुरक्षा वेश कमाण्डर सेनानी प्रेम बहादुर खत्रीद्धारा समसामयिक घटना तथा फौज परिचालन सम्बन्धी जानकारी गराएका थिए । दुर्गाभञ्जन गुल्मबाट निर्वाचन सुरक्षार्थ जिल्लाको बिभिन्न स्थानहरुमा बिगत एक महिना देखी इउभचबतष्लन द्यबकभ हरु स्थापना गरी सुरक्षा सम्बन्धी बिभिन्न क्रियकलापहरु संचालन गर्दै आएको छ ।
जिल्लाको भौगोलिक स्थिती, विद्यमान राजनैतिक तथा सुरक्षा स्थिति बारे छलफल तथा सुक्ष्म बिश्लेषण गरिएको थियो । प्रमुख सचिव र पृतनापतिद्धारा सम्पुर्ण जिल्ला सुरक्षा समिति तथा खटिएका फौजहरुलाई विशेष निर्देशन दिएको सेनानी श्री दिवाकर खड्काले वताए ।
प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन् । बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन् ।
बाजुरा जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन् । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले दिएको जानकारी अनुसार जिल्लाका जम्मा ७० मध्ये ४३ लाई अति समवेदनशील मतदान स्थल मानिएको छ । यस्तै २३ समवेदनशील मतदान स्थल रहेका बिष्टले वताए ।
उनका अनुसार ७० मध्ये चार मतदान स्थल मात्रै सामान्य अवस्थाका छन् । सहायक प्रमुख जिल्लबा अधिकारी बिष्टका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि करीव दुई हजार सुरक्षाकर्मी चुनावका लागि खटिने छन् ।

चर्चामा

सम्बन्धित समाचार