आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराका युवा हेमराज थापा काठमाडौ चुनावी मैदानमा, काँग्रेस एमालेलाइ थापाकाे डर

बाजुराका युवा हेमराज थापा काठमाडौ चुनावी मैदानमा, काँग्रेस एमालेलाइ थापाकाे डर

  • मङ्लबार, कार्तिक २९, २०७९
बाजुराका युवा हेमराज थापा काठमाडौ चुनावी मैदानमा, काँग्रेस एमालेलाइ थापाकाे डर

बाजुरा–बाजुरा जन्मथलो भएका युवा हेमराज थापा अहिले काठमाडौमा चुनावी मैदानमा प्रतिश्पर्धामा रहेका छन् । थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार रहेका छन् । उनको चुनाव चिन्ह सिरिन्ज रहेको छ ।
स्वतन्त्र लेडका थापाको पछाडी निकै जनलहर बढीरहेको छ । थापाको निर्वाचन क्षेत्रमा ७१ हजार मतादता रहेका छन् । एमाले बाट इश्वर पोखरेल र नेपाली काँग्रेस बाट प्रदिप पौडेल रहेका छन् । थापाको दुबै शक्तिशाली नेता सँग चुनावी प्रतिश्पर्धा रहेको छ । थापाकाे उम्मेदवारीले एमाले र काँग्रेसलाइ समेत चुनाैती थपिएकाे छ ।
थापाले शिक्षशास्त्र र राजनितीशास्त्र र मानविकी संकाय गरेर तीन फरक बिधामा स्नातकोत्तर गरेका छन् । “नितिनिर्माण तहमा सक्षम युवा” भन्दै अहिले सम्म सडक बाट जनताको पक्षमा बोलेउ, लडेयौ, अब सदन बाट देश र जनताको पक्षमा बोल्छौँ र लड्छौँ भनेर चुनावमा थापा चुनावी मैदानमा होमिएका छन् ।
थापा ६ बर्ष यता मात्र अरबौँको भ्रष्टाचार, सार्बजनिक जग्गा, राष्ट्रघाती सम्झौता, बलात्कारि हत्यारालाई कारबाही, महामारी नियन्त्रण, सरकारि सामाग्री खरिदमा अनियमिता जस्ता कुरामा आम जनता र नागरिकले सडकबाट खबरदारी गदै आएका थिए । जनजिविका सवालमा सदन मौन बस्यो, जनताको आवाजलाई बेवास्ता गर्यो र अहिले नागरिकहरु आफ्नो पक्षमा बोलिदिने र लडिदिने ब्यक्ती खोजिरहेका छन, त्यहि भएर आफ्नो उम्मेदवारी रहेको थापाले बडिमालिका खबर सँग बताएका छन् ।
थापा पछिल्लो एक दशक देखि म निरन्तर सामाजिक कार्यमा सक्रिय छन् । सत्ताका गलत कृयाकलापका विरुद्ध सडकबाट आन्दोलन गर्दै राज्यलाइ खबरदारि गरिहेका छन् । स्थानिय तहको चुनावमा देशभरि स्वतन्त्र उम्मेदवारी उठाउने र उहाँहरुको प्रचारमा माहोल बनाउन थापा हिडेका थिए । स्थानिय निकाएको चुनाव पछिका तीन महिना काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता सँग नियमित अन्तरक्रिया गर्दा उहाँहरुले नै चुनावमा भाग लिन सुझाव दिएकाले आफ्नो उम्मेदवारी रहेको थापाले वताए । मतदाताको अनुरोध नै मेरो चुनावमा भाग लिने मुख्य आधार हो थापाले थपे ।
देशको नेतृत्व गर्ने मुख्यालय प्रधानमन्त्री निवास र राष्ट्रपति निवास रहेको क्षेत्र हो काठमाडौ छ । यसले सधै जनतालाई अन्याय गर्यो भन्ने आम जनताको बुझाई छ, बालुवाटार र सितलनिवास समेत समाबेश काठमाडौं ५ को मतदाताले अब अन्यायको विरुद्धमा र देश भरिका जनतकाको आवाज बोल्ने मान्छेलाई जिताएर फरक सन्देश दिन चाहान्छौँ भनेर स्थानियले आफुलाई चुनावमा भाग लिन सुझाव दिएकाले मेरो उम्मेदवारी काठमाडौं ५ बाट रहेको थापाले वताए ।
थापाले सिमा विवाद देखी कोभिड १९ को बेला जनताको स्वास्थ्य अधिकारका बारेमा वकालत गर्दै आएका थिए । उनि कोभिड महामारीको बेला पनि अग्रस्थानमा भएर काम गरेका थिए । जनताका दैनिक समस्याको बारेमा उठान गर्ने, संबैधानिक आयोग, बिश्वबिध्यालय, अख्तियार र न्यायलयमा राजनीतिक नियुक्त गर्ने प्रक्रिया खारेजि गर्न जनता र देशको विरुद्धमा ल्याइने बिधेयकको संसदमा पुगेर लड्ने थापाले वताए । सडकबाट मात्रै नभएर सदनबाट लड्न सदनबाट जनताको पक्षमा बोल्नका लागि आफ्नो उम्मेदवारी भएको थापाले भने ।

चर्चामा

सम्बन्धित समाचार