सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरा काँग्रेस :-उम्मेदवारी दर्तामा कर्ण चुनावी प्रचारप्रसारमा नरेश

बाजुरा काँग्रेस :-उम्मेदवारी दर्तामा कर्ण चुनावी प्रचारप्रसारमा नरेश

  • शनिबार, कार्तिक २६, २०७९
बाजुरा काँग्रेस :-उम्मेदवारी दर्तामा कर्ण चुनावी प्रचारप्रसारमा नरेश

बाजुरा–नेपालि काँगे्रस बाजुराले उम्मेदवारी दर्ताको दिन बाजुरा प्रदेश क मा गठबन्धन बाट माओवादी केन्द्रका कर्ण बहादुर बिक उम्मेदवार रहेको भन्दै सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गरे । कर्ण बहादुर बिकको उम्मेदवारी दर्तामा काँग्रेसले साथ दिए, सार्वजनिक रुपमा भने हाम्रो गठबन्धनको उम्मेदवार प्रदेश क मा कर्ण बिक रहेको वताए ।
उम्मेदवारी दर्ताको अन्तिम समयमा प्रदेश क मा नेकपा एकिकृत समाजवादीका नरेश शाहीले समाजवादी पार्टि बाट उम्मेदवारी दर्ता गराए । शाहीको उम्मेदवारी दर्ता भएको केही दिन सम्म गठबन्धनको उम्मेदवार विक काँग्रेसले भनिरहँदा त्यो धेरै समय टिकेन् ।
उम्मेदवारी दर्तामा कर्ण बिकलाई साथ दिएको काँग्रेस अहिले चुनावी प्रचारप्रसारमा नरेश बहादुर शाहीलाइ सहयोग गरेको छ । शाहीको चुनावी सभामा बाजुरा काँग्रेस सघाइरहेको छ । काँग्रेस बाजुराका सचिब भरत बहादुर रोकायाले भने निर्णय हुन बाँकि हो, बाजुरा काँग्रेसले नरेश शाहीलाई समर्थन गरिसकेको वताए । चारवटा स्थानिय तह तथा प्रदेश क बाट काँग्रेस नेता ताथ कार्यकर्ताले नरेश शाहीलाई उम्मेदवारी अगाडि सार्नुपर्ने दबाफ दिएपछि काँग्रेस बाजुराले नरेश बहादुर शाहीलाइ समर्थन गरेको सचिब रोकायाले थपे ।
केन्द्र बाट भने बाजुराको प्रदेश क मा गठबन्धनको उम्मेदवार कर्ण बहादुर बिक कि नरेश बहादुर शाही भन्नेमा कुनै निर्णय आउन सकेको छैन् । माओवादीका उम्मेदवार कर्ण बहादुर बिकले बडिमालिका खबर सँग भने हामी अहिले माओवादी मात्र प्रचारप्रसारमा रहेको वताए । आफुले आफु र संघमा गठबन्धनलाई भोट मागेर प्रचारप्रसारमा रहेको छु, तर यसमा काँग्रेस भने सहभागि नभएको बिकले वताए ।
नेकपा माओवादी बाट उम्मेदवार कर्ण बहादुर बिक आफु रहेको दाबि गरिहेका छन्, भने नेकपा एकिकृत समाजवादीका नरेश बहादुर शाहीको आफु रहेको दाबि गरिरहेका छन् । गठबन्धनको पहिलो चरण केन्द्रमा भएको सहमतिको लिष्टमा बाजुरा प्रदेश क माओवादीको भागमा रहेको सार्वजनिक भएको थियो । उम्मेदवारी दर्ताको अन्तिम समयमा समाजवादीका नरेश बहादुर शाहीको नाममा पार्टिले टिकट दिएको थियो । कर्ण बहादुर बिकको नाम भने माओवादीले पहिला नै फिक्स गरिसकेको थियो । नेकपा एमाले बाट भने प्रदेश क बाट बल्देब रेग्मि रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार