शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • विद्यार्थी नेता अयडीको हत्या आरोपमा एक युवतीसहित २ जना पक्राउ

विद्यार्थी नेता अयडीको हत्या आरोपमा एक युवतीसहित २ जना पक्राउ

  • बिहिबार, मंसिर ८, २०७९
विद्यार्थी नेता अयडीको हत्या आरोपमा एक युवतीसहित २ जना पक्राउ

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप ऐडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको छ। बाजुरा प्रहरीकाअनुसार बिहीबार बिहान प्रहरीले त्रिवेणी नगरपालिका ७ बस्ने २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्।

गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको उपचारकाे क्रममा अस्पताल बयलपाटा लिने क्रममा बाटाेमा मृत्यु भएको थियो। उनी एमाले निकट विद्यार्थी नेता हुन्।

चर्चामा

सम्बन्धित समाचार