शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • अराजनीति गतिविधी तत्काल बन्द गर्न एमाले स्थायि कमिटि सदस्य थापाको अपिल

अराजनीति गतिविधी तत्काल बन्द गर्न एमाले स्थायि कमिटि सदस्य थापाको अपिल

  • बुधबार, मंसिर ७, २०७९
अराजनीति गतिविधी तत्काल बन्द गर्न एमाले स्थायि कमिटि सदस्य थापाको अपिल

बाजुरा–नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले कसैलाई पनि अराजनीतिक गतिविधी गर्न छुट नहुने भएकोले तत्काल बन्द गर्न आग्रह गरेका छन् । त्रिवेणी नगरपालिका ७ मा मंसिर ४ को घटनालाई लिएर भइरहेका कानुन विपरितका अराजनीतिक गतिविधी बन्द गर्न थापाले सबैलाई सार्वजनिक अपिल गरेका हुन् ।

बाजुरामा बढीरहेका पछिल्लो दलिय तथा संगठनात्मक गतिविधीले सामाजिक शान्ति र सद्भावमा प्रत्यक्ष असर पुगेको, सिंगो जनजीवन अस्तव्यस्त बनेको र थप मानवीय क्षति हुने अवस्था सिर्जना भएकोले अराजक र अराजनीतिक तत्काल बन्द गर्न अपिल गरेका हुन् ।

कानुन हातमा लिने र संयमता गुमाउने छुट कसैलाई नभएकोले भएको थप क्षति हुनुबाट जोगिनु र जिम्मेवार बन्नु सबैको कर्तव्य हुन आउने थापाको सुझाव छ । राजनीतिक समस्या राजनीतिक दलहरुबीचको समझदारीबाट निकास निकाल्ने र कानुन विपरितका कार्य कानुनको बाटोबाट उपचार खोज्ने कुरामा विश्वस्त हुन प्रतिनिधी सभा सदस्य उम्मेदवार समेत रहेका थापाले सबैलाई आग्रह गरेका छन् ।

विद्यार्थी नेता चेतन अयडीका हत्यारालाई पक्राउको माग सहीत गरिएको अनेरास्ववियुको आन्दोलनलाई थप अराजक शैलीमा प्रस्तुत नगर्न पनि थापाले निर्देशन दिएका छन् । माग सुनुवाईको दबाबका लागि गरिने आन्दोलनका नाममा प्रहरी प्रशासन माथि आक्रमण गर्ने, कालोमोसो दल्ने र ढुंगा मुडा गर्ने कार्य तत्काल बन्द गरि लोकतान्त्रिक व्यवाहार गर्न निर्देशन दिएका छन् । मार्तडीमा बुधबार साँझ प्रहरी प्रशासनका प्रमुख माथि नै हातपात गर्ने प्रयास गैर जिम्मेवार र अराजनीतिक व्यवाहार भएकोले तत्काल यस्ता गतिविधी रोक्न र अर्को गल्ती नदोहोर्याएर संयमित र जिम्मेवार हुन आग्रह गरेका छन् ।

थापाले बाजुरामा देखिएको राजनीतिक समस्यालाई तत्काल समाधानका लागि पहल गरिनेमा ढुक्क हुन समेत आग्रह गरेका छन् । साथै सम्पूर्ण बाजुराली जनतालाई थप जिम्मेवार र समझदार हुन आग्रह गर्दै आपसी सद्भाव र सहकार्यमा अघि बढ्न आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार