हुम्लाको लिमीमा खाद्यान्न संकट, स्थानीयको पहलमा ल्याइएको खानेकुरा हिमपातले बाटोमै रोकियो
उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँ तिल,जाँङ, हल्जीमा खाद्यान्न अभाव देखिएको छ। हिमपातले पाँच हजार मिटरको उचाइको न्यालुलेख आवतजावत बन्द भएसँगै नाम्खा गाँउपालिका–६ का तीन गाउँमा खाद्यान्न संकट बढेको हो । ८० घरपरिवार हल्जी,३० घरपरिवार जाँङ र २५ घरपरिवार तिल गाउँमा बसोवास गर्छन्। खाद्यान्न अभाव भएसँगै लिमि एकता तथा विकास समाजका युवाहरू मिलेर नेपालगन्ज, सुर्खेतबाट […]