शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • अझै पहिरोको उच्च जोखिममा छन् घाटखोलामा रहेका केही घरहरु

अझै पहिरोको उच्च जोखिममा छन् घाटखोलामा रहेका केही घरहरु

  • शनिबार, कार्तिक ६, २०७८
अझै पहिरोको उच्च जोखिममा छन् घाटखोलामा रहेका केही घरहरु

अर्थ जङ्ग शाही/बझाङ — केही दिन अगाडि लगातार अबिरल बर्षाका कारण खप्तडछान्नामा ठूलो जनधनको बिनाश भएको हुदाँ गाउँबासीलाई के खाने भन्ने पीर भईसकेको छ।

पहिरोमा ज्यान गुमाउने सँख्या खप्तडछान्नामा पनि ६ पुग्यो। गाडी जाने जताततै बाटो खोलाले बगाएर लगिदिँदा सामान ओसार-पोसारमा गर्न पनि नसकिने हुदाँ गाउँमा भएका पसलको पनि सामान सिदिन लाग्यो स्थानिय गाउँका ब्यक्ति मार्शल रोकाया (भैरबले)बडिमालिका खबरलाई बताए।

पसलमा सामान भएपनि पहिलाको भन्दा दोब्बर महङ्गो भएको बरुन रोकयाले फोन सम्पर्कमा बडिमालिका खबरलाई बताएका छन्।

पहिरोको उच्च जोखिममा रहेका अहिले घाटखोलाका घरका सामान पनि सारेर गाउँमा बस्न बाध्य भएका छन्। हामीलाई कस्ले दिन्छ राहत,सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा पनि आकासमै आउनु भो आकास बाटै हेलिकप्टरमा जानु भो।

यता करुन रोकायाको पनि बिडम्बना उस्तै छ,त्यो दिन गाउँमा गएर बचेको हु,बाँस बस्ने घर पनि भत्किसक्यो,अब के गर्ने भन्दै आत्तिएका छन्। रमाईलो घाटखोला बजार कतै मेलम्ची त हुने होईन भन्दै स्थानिय ब्यक्तिहरु डरत्रास भएका छन्।

यस बिषयमा थप कुरा बुझ्नका लागी घाटखोला स्थिति बरुन रोकाया सँग फोन सम्पर्क गर्दा घाटखोला बजार अहिले धेरै डर भएको छ। म आफै पनि गाउँमा बस्छु। अब यो घर छोडेर गाउँमा एउटा धर लगाउछु भन्दै छन्। साँथै खप्तड छान्ना गाउँपालिकाको कार्यलय पनि उच्च जोखिममा रहेको बताए।

चर्चामा

सम्बन्धित समाचार