बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • भरुवा बन्दुक पड्किएर बालकको मृत्यु

भरुवा बन्दुक पड्किएर बालकको मृत्यु

  • शनिबार, कार्तिक ६, २०७८
भरुवा बन्दुक पड्किएर बालकको मृत्यु

मुगु — मुगुमा घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्किँदा १० वर्षीय बालकको मृत्यु भएको छ । खत्याड गाउँपालिका-१० डुवाना बस्‍ने अम्‍मर दिन रावलको छोरा १० वर्षीय विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकास रावल सहित ३ जना बच्चाहरुले खेलाउने क्रममा पड्किँदा विकासको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढीकबाट खटिएको प्रहरीले परे रावललाई उक्त भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार