बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • शुदुरपश्चिमका पहाडि ३ जिल्लामा बिधुत सञ्चालन हुन समय लाग्ने

शुदुरपश्चिमका पहाडि ३ जिल्लामा बिधुत सञ्चालन हुन समय लाग्ने

  • शनिबार, कार्तिक ६, २०७८
शुदुरपश्चिमका पहाडि ३ जिल्लामा बिधुत सञ्चालन हुन समय लाग्ने

बाजुरा–नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमका ३ पहाडी जिल्लामा अझै विद्युत सेवा सुचारु गर्न सकेको छैन । अन्य पहाडि जिल्लाका सदरमुकाममा सञ्चालनमा ल्याएपनि अछाम, बाजुरा र बझाङ्ग भने बिधुत सञ्चालन हुन समय लाग्ने बिधुत प्राधिकरण अत्तरीयाले जनाएको छ ।
अछाम र बाजुरामा एक दुइदिनमा सञ्चालन हुने भएपनि बझाङ्ग भने अलि समय लाग्ने बिधुक्त प्राधिकरण अत्तरियाका जगदिश चन्द्र भट्टले वताएका छन् । बझाङ्गको बागथला देखी सदरमुकाम चैनपुर सम्म पहिरोले ३३ केभि प्रसारण लाइनका ४० भन्दा बढी पोल भत्काएको छ । काम शुरु गरेका छौ, बझाङ्गको चैनपुर सदरमुकाममा बिद्युक्त सेवा सञ्चालन गर्ने केही समय लाग्ने भट्टले वताए ।
पहाडी जिल्लामा सञ्चालन भएको ठाउँमा बिद्युक्त पूणर्रुपमा विद्युत सेवा सुचारु गर्न अझै केही दिन लाग्ने प्राधिकरणले जनाएको छ । ग्रामीण क्षेत्रमा क्षतिको विवरण संकलन गर्नै बाँकी छ । डोटि, डडेल्धुरा, बैतडि, दार्चुल्लाका सदरमुकाममा भने बिजुली बल्न थालेको छ । विगतदेखि नै बाढीपहिरो र हावाहुरीले लाइनमा आउने समस्या समाधान गर्न प्राधिकरणले समय लगाउँदै आएको छ ।
आइतबारदेखि तीन दिनसम्म भएको वर्षापछि अवरुद्ध भएको विद्युत सेवा अझै सुचारु हुन नसकेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका स्थानीय भोजराज अवस्थीले बताए । ‘सदरमुकाममा बत्ती भएपनि गाउँहरुमा बिजुली छैन । बिजुली नहुँदा फोन चार्ज गर्न पनि सदरमुकाम जानुपर्ने अवस्था छ’ उनले भने । अर्को बिद्युक्त नहुदा टेलिफोनका टावरमा चार्ज नहुदा पनि ग्रामिण क्षेत्रमा फोन सेवा सञ्चालन हुन नसकेको हो ।
विद्युत सेवा अवरुद्ध भएपछि पहाडी जिल्लामा अधिकांशका मोबाइल फोन पनि बन्द भएका छन् । बाढीपहिरोले ठूलो क्षति भएको समयमा विद्युत नहुँदा थप पीडा भोग्नु परेको अछामको साँफेबगरका स्थानिय तुल बहादुर कुवरले वताएका छन् । विद्युत सेवा अवरुद्ध भएपछि पुरै जिल्ला अन्धकारमय भएको बझाङका पत्रकार अर्थजगं शाहिले बताए । ‘बझाङमा मुख्य सडक छिन्नभिन्न भएको छ । बैतडीदेखि चैनपुरसम्म ठाउँठाउँमा विजुलीका पोलहरु ढलेको विद्युत प्राधिकरण बझाङले बताएको छ’ उनले भने, ‘विद्युत अवरुद्ध हुँदा पुरै जिल्ला अन्धकारमय भएको छ ।’
‘जिल्ला सदरमुकामहरुमा विद्युत सेवा सुचारु भएको छ’ उनले भने, ‘ग्रामीण क्षेत्रमा क्षति नै कति भएको छ त्यो विवरण नै आएको छैन । सबै ठाउँमा विद्युत पर्याउन केही समय लाग्छ, भट्टले वताए ।’ अविरल झरीको कारण पहाडी ७ जिल्ला जोड्ने सबै राजमार्ग अवरुद्ध हुँदा विद्युत प्राधिकरणले प्रसारण लाइन मर्मतमा समस्या भएको जनाएको छ । सुदूरपश्चिमको ३६ प्रतिशत जनसंख्या अझै विद्युुतको पहुँच बाहिर छ । राष्ट्रिय उत्पादनमा ५२ मेगावटको हाराहारीमा विद्युत उत्पादन भएको सुदूरपश्चिममा १८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार