पहिले सेती बाढीले बगायो, अहिले हावाहुरीले उडायो
कास्कीको माछापुच्छ्रे-२ चिप्लेटीका लोकबहादुर गुरुङ शनिबार दिउँसो जकेट लगाउन घरतिर गए। दिउँसो ३ बजेपछि परेको पानीले जाडो बढाएको थियो। गुरुङ घरको पिँढीमा के पुगका थिए, उनलाई हावाले हुत्याइदियो। घरभित्र जान सक्ने अवस्था नै रहेन। पिँढी नजिकैबाट उनले देखे: घरभित्र पानीको ताल परेको थियो, छाना त ह्वाङ्गै। लोकबहादुरको घर ढुङ्गाले छाएको थियो।‘मेरो ढुङ्गे घर पनि हावाले […]