शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • आज देशका विभिन्न ठाउँमा मौसम सफा

आज देशका विभिन्न ठाउँमा मौसम सफा

  • आइतवार, बैशाख ५, २०७८
आज देशका विभिन्न ठाउँमा मौसम सफा

देशका धेरैजसो ठाउँमा मौसम सफा भएसँगै आकाश खुलेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिमका उत्तरी क्षेत्रको आकाशमा मात्रै बादल लागेको छ । पहाडी र तराईका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविदले बताएका छन् ।

विगत केही दिनदेखिको तुवाँलोका कारण देशभरको मौसम प्रभावित बनेको थियो। केही दिनयता परेको पानी र बेलुकीपख चलेको हावाले आकाश खुल्न थालेको हो । आज बेलुकीपख पनि वाग्मतीसहित पहाडी र तराई क्षेत्रमा मौसम बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आकाश खुले पनि वातावरण प्रदूषणको अवस्थामा भने सुधार आउन सकेको छैन।

देशका विभिन्न भागमा लागेको डढेलोका कारण प्रदूषण बढेको थियो । वातावरण प्रदूषणको मात्रा मापन गर्ने सूचक एक्यूआईमा अहिले पनि काठमाण्डौ पहिलो प्रदूषित सूचीमा रहेको छ ।

डब्ल्यूएचओले एक्यूआई ३५ सम्मलाई स्वस्थ अर्थात राम्रो ५१ देखि १ सयसम्मलाई सामान्य, २ सय एकभन्दा माथिलाई धेरै अस्वस्थकर ३ सय एकभन्दा माथिलाई घातक मापदण्ड तोकेको छ ।

चर्चामा

सम्बन्धित समाचार